तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोकका अध्यक्ष एवं समाजसेवी गुरुङको अगुवाईमा स्वास्थ्य सामाग्री बितरण

 

परदेशी खबर / ९ जुन । तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोकका अध्यक्ष एबम वरिष्ठ समाजसेवी रबि गुरुङको अगुवाईमा सिन्धुपाल्चोक जिल्ला तिर्पुरा सुन्दरी गाउँपालिका वडा नं.२ अन्तर्गत लाटु,चोकटी,डांडा गाउँ , पबिदल, लुङुर्पा र बुङाथली गाउँमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एबम समाजसेबी गोपाल गुरुङ र समाजसेवी दिनेश गुरुङको संयोजकत्वमा नयाँ भेरियन्ट कोभिड – १९ कोरोना भाइरसले विश्व भरी नै आतंकित बनाएको अवस्थामा आफ्नो गाउँका जनताहरु लाई महामारी बाट बचाउने अभियानमा स्वास्थ्य सामाग्री बितरण गर्नको लागी उपलब्ध गराएका थिए ।

सिन्धुपाल्चोक तिर्पुरा गाउँपालिका अन्तर्गत वडा नं. २ का जनता लाई बितरण गर्नका लागी उपलब्ध गराएका स्वास्थ्य समाग्रीहरुमा मक्स- ७५० गोटा , सेनिटाइजर-१५ लिटर ,आइसुलेसन बेडको म्याट्रीक्स – ४ गोटा र लक्स हात धुने साबुन – ५५ गोटा रहेको जनाएको छ।

उक्त स्वास्थ्य सामाग्रीहरु बितरण गर्नको लागि बुङथली युवा क्लबलाई जिम्मेवारी दिएको समाजसेबी एबम कलाकार भिजन गुरुङ ले बताएका छन भने स्वास्थ्य सामाग्री बितरण गर्नको लागि क्लब लाई जिम्मेवारी दिई उपलब्ध गराइ दिएको भन्दै बिशेष धन्यवाद समेत दिएका छ्न ।

No description available.






Related Posts
  • मेचीकाली सामुहिक बचत कोषद्वारा आगलागी पीडित शान्ति राईलाइ रू. ७४ हजार भन्दा बढि सहयोग
  • खोटाङ सेवा समाज यूकेले खोटाङलाई ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलव्ध
  • ओखल्ढुङ्गामा स्वास्थ्यकर्मी माथि शिक्षकद्वारा दुव्र्यवहार
  • अन्तर्राष्ट्रिय झापाली समाजद्वारा २३ लाख बराबरको अक्सिजन सिलिण्डर सहित स्वस्थ्य सामग्री सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीलाई पठाए स्वास्थ्य सामग्री

    भोजपुरका प्रशन राईको कुवेतमा बिल्डिङबाट खसेर मृत्‍यु

    मेचीकाली सामुहिक बचत कोषद्वारा आगलागी पीडित शान्ति राईलाइ रू. ७४ हजार भन्दा बढि सहयोग

    बिजनेष

    अलमुजैनीको रमादान प्रमोशनमा चौथो चरणको भाग्यशाली विजेताको नामावली सार्वजनिक

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस