तमु समाज मलेसियाको पहलमा हाम्रो नेपाल टिम नेपाललाई आर्थिक सहयोग

– तमु समाज मलेसियाको पहलमा वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत तमु तथा गैर तमुहरु  दाजुभाइ तथा दिदिबहिनीहरु बाट आर्थिक संकलन गरि हाम्रो नेपाल टिम नेपाल लाई आर्थिक सहयोग गरेको छ ।

विश्व भरि आक्रन्त रुपमा महामारी फैलिइ रहेको नयाँ भेरियन्ट कोभिड – १९ को कारण नेपालमा लकडाउनका कारण असर परि निम्न स्तरका गरिब दुखी पिडामा परेका खाना नपाएकाहरुको लागी खाना खुवाउनको लागि केही सहयोग पुग्ने भन्ने सोंचले आफू परदेशमा रहेता पनि आफू र आफ्नो परिवारको एक छाक खाना कटाएर तमु समाज मलेसियाको पहलमा रकम संकलन गरि हाम्रो टिम नेपाल लाई नेपाली  ८० हजार रुपैयाँ  आर्थिक सहयोग गरेको छ। 

उक्त सहयोग रकम तमु समाज मलेसियाका पुर्व सक्रिय सदस्य सन्तोष गुरुङ र समाजसेवी एबम कलाकार भिजन गुरुङले  हाम्रो टिम नेपालका कार्यालयमा हाम्रो टिम नेपालका अध्यक्ष बिमल पन्त लाई   हस्तान्तरण गरेको छ।

तमु समाज मलेसियाले विगतमा यस्ता सहयोगहरु गर्दै आइरहेको र आउदो दिनहरूमा पनि गर्दै जाने तमु समाज मलेसियाका महासचिव दिल गुरुङ साइलाले बताएका छ।






Related Posts
  • वैदेशिक रोजगारमा जाने कामदारलाई खोप दिन दुई अस्पताल तोकियो
  • केपी ओलीको सिको गर्दै बालुवाटारमै बस्यो मन्त्रिपरिषद बैठक
  • टुंगिदै जसपा विवाद: यादव समूहको पक्षमा वहुमत
  • फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा
  • पछिल्ला सम्प्रेसणहरु

    वैदेशिक रोजगारमा जाने कामदारलाई खोप दिन दुई अस्पताल तोकियो

    केपी ओलीको सिको गर्दै बालुवाटारमै बस्यो मन्त्रिपरिषद बैठक

    टुंगिदै जसपा विवाद: यादव समूहको पक्षमा वहुमत

    बिजनेष

    ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस