कुवेतका लागि नेपाली राजदूत भण्डारी र उप विदेश मन्त्री अल-धफीरी बीच भेट्घाट

परदेशी खबर । ८ जुन,कुवेत । कुवेतका लागि राजदूत दुर्गाप्रसाद भण्डारी तथा कुवेत सरकार, परराष्ट्र मन्त्रालयका उप विदेश मन्त्री महामहिम अहमद इब्राहिम अल-धफीरी बीच कुवेत सरकारको परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ् ।

सो भेटका अवसरमा नेपाल-कुवेत बीच रही आएको द्विपक्षीय घनिष्ठ सम्बन्ध तथा आपसी हितका विषयमा कुराकानी भएको कुवेत स्थित नेपाली राजदूतावासले जनाएको छ् ।

उक्त अवसरमा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण, कुवेत र नेपालमा कोभिड-१९ को संक्रमणको हालको अवस्था लगायत संक्रमण रोकथाम तथा उपचारको क्षेत्रमा दुर्इ देशबीच आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।

साथै नेपाली कामदारहरूले कुवेतको श्रम बजारमा प्राप्त गरेको रोजगारीको अवसर तथा यस क्षेत्रमा पुर्याएको योगदान, रोजगारीको सुरक्षा र हालको अवस्था लगायत थप अवसरहरूमा नेपालीहरूको संलग्नता अभिवृद्धि गर्दै लाने विषयमा पनि उहाँहरू बीच छलफल भएको थियो । साथै, कोभिड-१९ को संक्रमणको अवस्थालार्इ मध्यनजर गर्दै दुई देशबीचको आवतजावतलाई पनि थप सहज बनाउँदै लैजाने लगायतका विषयमा पनि कुराकानी भएको नेपाली राजदूतावास, कुवेतले जनाएको छ् ।उक्त भेटमा कुवेत सरकार, परराष्ट्र मन्त्रालय तथा नेपाली राजदूतावासका अन्य अधिकारीको पनि सहभागिता रहेको थियो ।






Related Posts
  • मेचीकाली सामुहिक बचत कोषद्वारा आगलागी पीडित शान्ति राईलाइ रू. ७४ हजार भन्दा बढि सहयोग
  • खोटाङ सेवा समाज यूकेले खोटाङलाई ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलव्ध
  • ओखल्ढुङ्गामा स्वास्थ्यकर्मी माथि शिक्षकद्वारा दुव्र्यवहार
  • अन्तर्राष्ट्रिय झापाली समाजद्वारा २३ लाख बराबरको अक्सिजन सिलिण्डर सहित स्वस्थ्य सामग्री सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीलाई पठाए स्वास्थ्य सामग्री

    भोजपुरका प्रशन राईको कुवेतमा बिल्डिङबाट खसेर मृत्‍यु

    मेचीकाली सामुहिक बचत कोषद्वारा आगलागी पीडित शान्ति राईलाइ रू. ७४ हजार भन्दा बढि सहयोग

    बिजनेष

    अलमुजैनीको रमादान प्रमोशनमा चौथो चरणको भाग्यशाली विजेताको नामावली सार्वजनिक

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस