आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

साउदी अरेबियाबाट नेपाल जान टर्की र कतार ट्रान्जिट हुँदै पाइने

परदेशी खबर २३ जेष्ठ २०७८, आईतवार १३:४२ मा प्रकाशित ( २ साल अघि) ५५८ पाठक संख्या

परदेशी खबर । ६ जुन । साउदी अरबबाट टर्की अथवा कतारको ट्रान्जिट मिलाएर नेपाली नागरिक फर्कन सक्ने नेपाली दूतावासले जनाएको छ ।

साउदी अबरस्थित नेपाली राजदूतावासले ति दुई देशबाट ट्रान्जिट मिलाएर नेपाल जानसक्ने गरी व्यवस्था मिलाइएको जानकारी गराएको हो ।

नेपाली दूतावासका अनुसार साउदी अरबबाट सोझै नेपाल जान उडान खोल्ने सम्बन्धमा कुनै निर्णय नभएको तर नेपाल जान चाहने नेपाली श्रमिकले टर्की वा कतार (कतार एयरवेज, नेपाल एयरलाइन्स र टर्किस एयरलाइन्स)बाट ट्रान्जिट मिलाएर जान सकिने व्यवस्था गरिएको उल्लेख छ् ।

हवाई टिकटका लागि सम्बन्धित एयरलाइन्स अथवा ट्राभल एजेन्सीमा स्वयं व्यक्तिले नै सम्पर्क गर्नुपर्ने सूचानामा प्रकाशित गरेको छ् ।

नेपाली राजदूतावासद्वारा जारी गरिएको सूचना