आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

किरात राई यायोक्खा शाखा युएईले उभौली साकेला २०७८ (यलेदोङ ५०८१) जुम भर्चुअल मार्फत मनायो

परदेशी खबर २२ जेष्ठ २०७८, शनिबार १३:०१ मा प्रकाशित ( २ साल अघि) ११०० पाठक संख्या

परदेशी खबर/ युएई किरात राई यायोक्खा शाखा युएईले विश्वब्यापि रुपमा फैलिएको कोभिड१९को महामारी बाट श्रृजित बिषम परिस्थितिमा युएई सरकारले जारी गरेको निर्देशिकाहरुको पालनागर्दै किरात राई यायोक्खा शाखा युएईका अध्यक्ष चन्द्रकला साम्पाङ को सभापतित्वमा जुम भर्चुअलमार्फत शुभकामना आदानप्रदान गरि किरातीहरुको चाड उभौली साकेल मनाएको छ।

कार्यक्रम किरात राई यायोक्खा केन्द्रिय अध्यक्ष दिवस राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो कार्यक्रममा किरात राई यायोक्खाका केन्द्रिय महासचिव जनक राई,कतारका अध्यक्ष बिमाल राई , कुवेतका अध्यक्ष मन्जित राई , किराया मकाउका पुर्व अध्यक्ष एवं नेफिन मकाउका संस्थापक अध्यक्षभिम उच्च राई ,नेफिन युएईका अध्यक्ष महेश मोक्तान,नेपाली समाज युएईका अध्यक्ष गोबिन्दढकाल,नेफिन युएईका संरक्षक पासाङ रिन्जी शेर्पा,फोनिज युएईका कार्यसमिति सदस्य एवं किरायायुएई शाखा युएईका पुर्व प्रवक्ता तथा किरात दर्पणका डाइरेक्टर तिलक साम्पाङ्ग ,किराया शाखायुएईका केन्द्रिय सल्लाहकार भगवती चाम्लिङ राई , थारु कल्याण्कारिणी सभा युएईका अध्यक्षखोर बाबू महत्तो,कान्तिपुर पब्लिकेसन्सका सहसहसम्पादक एवं किराया केन्द्रिय पुर्व सचिव गणेशवाम्वली,UKROA युनाइटेड स्टेट अमेरिकाका अध्यक्ष मुना माङ्गपाहाङ्ग राई ,इजरायलकासंस्थापक अध्यक्ष एवं वर्तमान संरक्षक कुमार राई,उपाध्यक्ष कशिश राई ,नेफिन युएईका उपाध्यक्षडिबि समर्पण ,तामाङ समाज युएईका अध्यक्ष सनिल घिसिङ,किराया साउदी अरबका उपमहासचिवरबिन थुलुङ राई ,सदस्य जित राई ,किराया बहराइनका मिलन राई , फोनिज युएईका सचिव मानुकोन्मे गुरुङ ,मिस्टर इन्डिजिनियस २०१९ पदम खालिङ किराया युएई अबुधाबी  क्षेत्रीय समितिकासल्लाहकार धन राई ,किराया क्षेत्रीय समिति अबुधाबीका सीता राई ,

नरेश राराहाङ्ग राई, बिशाल जावा, भिम घिसिङ, नबिन राई, अर्जुन साम्पाङ्ग किराती लगायतकेन्द्रिय कार्यसमितिका पदाधिकारी,क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरु तथा विभिन्न देशकाअध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो

जुम भर्चुअल कार्यक्रम संचालन किरात राई यायोक्खा शाखा युएई अलऎनका सचिव एवं प्रखरपत्रकार शम्भु बान्छाना राईले गरेका थिए भने स्वागत मन्तव्य किराया युएईका वरिष्ठ उपाध्यक्ष एवंनेफिन युएईका वरिष्ठ उपाध्यक्ष बिजयलक्ष्मी राईले राखेका थिए

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै किराया केन्द्रिय महासचिव जनक राईले उभौली साकेलाकोशुभकामना दिँदै साकेलाको बारेमा मुन्धुमी दर्शन मिथककोहरुको प्रशाङ्ग लाई जोडेर प्रस्टाउदैसमृद्धिको नामामा आदिवासीको चाडपर्व कटौती गरेको प्रति खेदजनक जनाएका थिए।

कतारका अध्यक्ष बिमाल राई , कुवेतका अध्यक्ष मन्जित राईले शुभकामना दिएका थिए त्यसैगरीनेफिन युएईका अध्यक्ष महेश मोक्तानले जुम भर्चुवल प्रबिधी सदुपयोग गरी कोभिड१९ को बेला पनिआफ्नो संस्कृति लाई जोगाइ राख्ने प्रयत्न गरेकोमा किराया युएईलाई बधाई दिएका थिए। अर्काबिशेष अतिथि नेपाली समाज युएईका अध्यक्ष गोबिन्द ढकालले साकेलाको बारेमा प्रष्ट हुनपाएकोमा खुशी व्यक्त  गरेका थिए।

पत्रकार गणेश वाम्वली अमेरिकाका अध्यक्ष मुना राईले शुभकामना  दिएका थिए

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि एवं किरात राई यायोक्खा  केन्द्रिय अध्यक्ष दिवस राईले  किरायाले नजिकिदै गरेको राष्ट्रिय जनगणना २०७८ लक्षित गर्दै केन्द्रले तय गरेका कार्ययोजना बारेप्रष्ट पार्दै अन्तर्राष्ट्रिय  किराया शाखाहरुले नैतिक , भौतिक, आर्थिक हरेक हिसाबले सहयोग गर्नतत्पर रहन आग्रह गरेका छन। अध्यक्ष राईलेराईकुनै पगरी नभएको जिकिर गर्दै तथ्यहरु प्रस्तुतगरेका थिए। किरातीहरु संग विभिन्न दस्तावेजहरु प्रमाणहरु रहेको बताएको राष्ट्रियजनगणनामा सम्पूर्ण किरातीहरुले जातिको महलमाराई” , धर्मको महलमाकिरात भाषाकोमहलमाआफ्नो मातृभाषालेख्न लेखाउन अनुरोध गर्दै अहम भूमिका निर्बाह गर्नु पर्ने धारणाराखेका थिए भने फरक प्रसाङ्गमा खुवालुङ किरातिहरुको आस्थाको धरोहर भएकोले किरायासम्बन्धित सरोकारवालाहरु सँग समन्वय गरिरहेको आवश्यक कदमहरु चालिरहेको बताएका छन।

कार्यक्रम समापन गर्दै किराया युएईका अध्यक्ष चन्द्रकला साम्पाङ राईले जुम भर्चुअल कार्यक्रममाउपस्थित सम्पूर्णलाई हार्दिक आभार व्यक्त  गर्दै उभौली साकेलाको शुभकामना व्यक्त गरेका छ्न।