दुबईको नेपाललाई १५० भेन्टिलेटरसहित १२ टन स्वास्थ्य सामग्री सहयोग

परदेशी खबर । २ जुन । मध्यपुर्वी राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

यूएईस्थित नेपाली दूतावासका अनुसार कोरोना भाइरसको दोश्रो लहरविरूद्ध लड्न यूएई सरकारले १५० भेन्टिलेटरसहित १२ टन अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

विशेष विमानमार्फत बुधवार काठमाडौं पठाइएको उक्त स्वास्थ्य सामग्री केहि दिनअघि मात्र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र यूएईका परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहायता मन्त्रालयका अहमद बिन अली अल सायदबीच भएको भर्चुअल बैठकमा यूएईले चाँडै विशेष विमानमार्फत स्वास्थ्य सामग्री पठाउन लागेको जानकारी गराएको थियो ।






Related Posts
  • मेचीकाली सामुहिक बचत कोषद्वारा आगलागी पीडित शान्ति राईलाइ रू. ७४ हजार भन्दा बढि सहयोग
  • खोटाङ सेवा समाज यूकेले खोटाङलाई ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलव्ध
  • ओखल्ढुङ्गामा स्वास्थ्यकर्मी माथि शिक्षकद्वारा दुव्र्यवहार
  • अन्तर्राष्ट्रिय झापाली समाजद्वारा २३ लाख बराबरको अक्सिजन सिलिण्डर सहित स्वस्थ्य सामग्री सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीलाई पठाए स्वास्थ्य सामग्री

    भोजपुरका प्रशन राईको कुवेतमा बिल्डिङबाट खसेर मृत्‍यु

    मेचीकाली सामुहिक बचत कोषद्वारा आगलागी पीडित शान्ति राईलाइ रू. ७४ हजार भन्दा बढि सहयोग

    बिजनेष

    अलमुजैनीको रमादान प्रमोशनमा चौथो चरणको भाग्यशाली विजेताको नामावली सार्वजनिक

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस