उज्वल थापाको स्वास्थ्य अवस्था ‘गम्भीर’

काठमाडौं : विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको  स्वास्थ्य अवस्था गम्भीर बनेको छ । 

थापाको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्वास्थ्यमा सुधार नआएको बताए । डाक्टरहरुले सकेको गरिरहेको त अवस्थामा कुनै सुधार नआएको मिश्रले जानकारी दिएका छन् । 

‘उज्वलजीको स्वास्थ्य अवस्थामा कुनै सुधार आएको छैन र अवस्था अत्यन्तै गम्भिर छ’, मिश्रले फेसबुकमा लेखेका छन्, ‘डाक्टरहरूले सकेको गरिरहेका छन्।’ 

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेका अनुसार थापाको मेडिसिटी अस्पतालको भेन्टिलेटरमा इक्मोको सहायताले उपचार भइराखेको छ । 

‘हिजोदेखि उज्ज्वल दाइको स्वास्थ्य अवस्थामा सुधार भएको छैन’, संयोजक पाण्डेले भने, ‘स्वास्थ्य अवस्था जटिल नै रहेको छ।

मेडिसिटि अस्पतालमा भेन्टिलेटर र इक्मोको साहायताले उपचार हुँदै छ।’ कोरोना संक्रमण पुष्टि भएपछि करिब दुई हप्तादेखि ह्याम्स, ग्रान्डी अस्पतालमा उपचार असम्भव भएपछि थापा तीन दिनदेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् । यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।






Related Posts
  • कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु
  • यी हुन् ‘द भ्वाइस किड्स’का ४ कोच
  • बुटवलका मेयरमाथि पहिरो पीडितले गरे मुक्का प्रहार
  • संखुवासभा हत्याकाण्ड : यसरी भएको थियो कार्की परिवारको हत्या
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस