गैर आवसीय नेपाली संघ कुवेतको नेतृत्वमा मध्य पुर्वको अक्सिजन सिलिण्डर अभियानलाई झन्डै १७ लाख सहयोग

युग लामा / कुवेत – गत मे २८ शुक्रबार दिन कुवेत सिटीमाअक्सिजन सिलिन्डर सहयोगार्थ – संकलन अभियान समाप्त र त्यस अभियान अन्तर्गत हिसाबकिताब सार्वजनिक गर्न गैर आवसीय नेपाली संघ, NRNA-NCC कुवैतले पत्रकार सम्मेलन गरी हिसाबकिताब सार्वजनिक गरेका छन ।  

मध्यपुर्व NRNA को नेत्रित्वमा खाडी राष्ट्रमा अक्सिजन सिलिण्डर पठाऔँ, आफन्तको ज्यान बचाऔं एक अभियान चलाएको थियो । यो अभियानले ५६० वटा अक्सिजन सिलिण्डर ओमनबाट नेपाल पठाएको पठाइ सकेका छन ।  

कुवेतमा कृयाशिल ४६ संस्थाहरुबाट १९५५. ५०० KD र ब्यक्तिगत तर्फबाट १७० जनाबाट १९१८. ७५० KD ब्यक्तिगत र संस्थागत गरी जम्मा ३८७४ KD शुक्रबारको कुवेती दिनार एक्सचेन्ज रेटमा १ KD = ३८० नेरूमा १४७२२१५, र NRNA-NCC कुवैतले २ लाख थप गरी जम्मा १६७२२१५ रुपैया बोल कबोल रकम उठेको र त्यस मध्येबाट १६ लाख ३१ हजार ८१५ रुपैया  संकलन भैइसकेको अक्सिजन सिलिन्डर सहयोगार्थ – संकलन अभियानका संयोजक राना ध्वज लामाले पत्रकार सम्मेलन मार्फत बताउनु भयो ।  

तर केही ब्यक्ती र एउटा संस्थाबाट गरी बोलकबोल ८० KD दिनार उठ्न बाँकी रहेको पनि लामाले बताउनु भयो । यो रकम पनि छिट्टै उठ्नेमा उहा विश्वस्थ हुन्हुन्छ ।  

यो अभियानमा अलमुल्ला क्लिनिङ ग्रुपबाट सबै भन्दा धेरै रकम ५३० KD उठेको पनि बताएका छन । साथै उठेको रकम तत्कालै गैर आवसीय नेपाली संघको केन्द्रको सचिवालयको बैंक खातामा पठाउने गैर आवसीय नेपाली संघ, NRNA-NCC कुवैतका अध्यक्ष सुजन केसीले बताएका छन ।  

यस अभियानमा हातमा हात र साथमा साथ दिने सहयोगी मनका धनीहरुलाई गैर आवसीय नेपाली संघ, NRNA-NCC कुवैतले हार्दिक आभार एबं समेत प्रकट गरेका छन ।   

संस्थागत र ब्यक्तिगत सहयोगीहरुको नाम र विवरण :-

 

 






Related Posts
  • कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु
  • यी हुन् ‘द भ्वाइस किड्स’का ४ कोच
  • बुटवलका मेयरमाथि पहिरो पीडितले गरे मुक्का प्रहार
  • संखुवासभा हत्याकाण्ड : यसरी भएको थियो कार्की परिवारको हत्या
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस