आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त, तेस्रो पटक प्रधानमन्त्री बने केपी शर्मा ओली

परदेशी खबर ३० बैशाख २०७८, बिहीबार २२:३५ मा प्रकाशित ( २ साल अघि) ६५६ पाठक संख्या

k|wfgdGqL cf]nL
sf7df8f}F, @% df3 M k|wfgdGqL s]kL zdf{ cf]nL g]kfnL ;]gfåf/f hªuL c88fdf cfOtaf/ cfof]lht PsLs/0f dfu{ sfo{qmd bf];|f] j[xt ;]ldgf/sf] ;dfkg ;df/f]xdf . t:jL/ M /Tg >]i7, /f;;

बैशाख ३०,काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले बिहीवार राति विज्ञप्ति मार्फत जनाएको छ ।

२०७४ साल फागुन ३ गते माओवादी केन्द्रको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनेका थिए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिन कोशिष गरेका थिए ।

संसदमा विश्वासको मत लिन नसकेर पदमुक्त भएका ओलीलाई राष्ट्रपति भण्डारीले ३ दिनपछि प्रधानमन्त्री नियुक्त गरेकी हुन् । अब ओलीले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनु पर्नेछ ।
बहुमतीय सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समय सोमवार सकिएपछि नयाँ प्रक्रिया अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् । एमालेभित्रको विवाद बिहीबारबाट केही मत्थर भएकोले सहमति भएमा जसपाको महन्थ ठाकुर पक्षको समर्थनमा ओलीले संसदमा विश्वासको मत जित्न सक्छन् ।

यसअघि २०७२ असोज २५ गते पहिलो पटक ओली प्रधानमन्त्री बनेका थिए । २०७३ साउन १९ गते उनी पदमुक्त भएका थिए । बिहीवार प्रधानमन्त्री नियुक्त भएसँगै ओली तेस्रोपटक प्रधानमन्त्री बनेका छन् ।