आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

परदेशी खबर २७ बैशाख २०७८, सोमबार २३:१० मा प्रकाशित ( २ साल अघि) २७२ पाठक संख्या

परदेशी खबर/ मे १०, कुवेत कुवेत सरकारले करिव दुई महिना यता जारी गराउदै आएको आंशिक कर्फ़्यू ईदको पहिलो दिनबाट खारेज गर्ने निर्णय गरेको छ।

कर्फ़्यू खारेज गर्ने सरकारको निर्णय अनुसार स्वास्थ्य मापदण्ड पुरा गरेर रेस्टुरेन्ट, क्याफे, मर्मत सेवा, फ़ार्मेसी , किराना पसल स्वास्थ्य क्षेत्रको लागि आपूर्ति लगायतका क्षेत्र खुला गरिने

अन्य सबै वाणिज्यिक गतिविधिहरू बेलुकी बजेदेखि बिहान बजे सम्मका लागि बन्द रहने छ।त्यसै गरि निजी तथा सार्वजनिक क्षेत्रका कार्यालयहरुमा ६०% भन्दा बढी कामदार राख्न नपाउने पनि निर्णय गरिएको साथै सिनेमा तथा रेस्टुरेन्टहरु कोरोना विरुध खोप लगाएकाहरुको लागि मात्र खुल्ला गराइने निर्णय गरेको

स्रोतका अनुसार कोरोना संक्रमणलाइ मध्य नज़र गर्दै दक्षिण एसियाका केहि राष्ट्रहरु मध्ये नेपाल , पाकिस्तान , बँगलादेश श्रिलङकाको सिधा उडान बन्द गर्दै उक्त देशका नागरिकहरुलाई अन्य देश हुदै कुवेतप्रवेश समेत रोक लगाएको स्थानिय समचार अरबटाइम्सले प्रकाशित गरेको छ।