आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

परदेशी खबर २७ बैशाख २०७८, सोमबार १९:३२ मा प्रकाशित ( २ साल अघि) ४७१ पाठक संख्या

वैशाख २७,,काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शुरू भएको प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत लिनका लागि बैठक आह्वान भएको थियो ।सोमवार बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले राखेको प्रस्ताव अस्वीकृत भएको थियो ।

अब मन्त्रिपरिषद्ले सिफारिस गरेपछि राष्ट्रपतिबाट अधिवेशन अन्त्य हुने एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए । सभामुख अग्नि सापकोटाले भने वैशाख ३० गते बैठक बोलाएका छन् ।