आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

तटस्थ रहेन जसपा, बाबुराम–उपेन्द्र पक्षले विपक्षमा मत दिने

परदेशी खबर २६ बैशाख २०७८, आईतवार १८:१७ मा प्रकाशित ( २ साल अघि) ५९३ पाठक संख्या

२६ वैशाख, काठमाडौं प्राधनमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा जनतासमाजवादी पार्टी (जसपा) का सांसदहरुले स्वविवेक प्रयोग पाउने भएका छन्

पार्टी शीर्ष नेताहरुको आइतबार बसेको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको हो संघीय परिषदका संयोजक डा. बाबुराम भट्टराईको निवास, टोखामा बसेको बैठकमा अध्यक्ष महन्थठाकुर वरिष्ठ नेता राजेन्द्र महतोले तटस्थ बस्ने प्रस्ताव गरेका थिए तर डा. बाबुराम भट्टराईउपेन्द्रयादव पक्षका नेताहरुले विश्वासको मत माग्ने प्रस्तावको विपक्षमा मत दिनुपर्ने बताए

मध्यमार्गी सहमति खोज्दै सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय भएको नेता राजेन्द्र श्रेष्ठलेअनलाइनखबरलाई बताए उनले अघि भने, ‘तटस्थ बस्न चाहने साथीहरुले तटस्थ बस्न पाउनुहुन्छ हामी चाहिँ विपक्षमा मतदान गर्छौं न्युज साभार: अनलाइन खबरबाट