आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

आजदेखि संक्रमितलाई सघाउन ‘हेल्लो डाक्टर’ सेवा शुरू

परदेशी खबर २६ बैशाख २०७८, आईतवार १०:३७ मा प्रकाशित ( २ साल अघि) ५९५ पाठक संख्या


बैशाख २६,काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ ।

महासंघले यस अभियानअन्तर्गत पहिलो कार्यक्रमका रूपमा आइतवारदेखि हेल्लो डाक्टरको सेवा शुरू गर्न लागेको हो । यसमा भाइबरको सहकार्य रहेको छ भने डाक्टर अनुरोधका आधारमा चिकित्सकले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्नेछन् ।

कोभिड संक्रमित भई घर वा आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाइ भएकाले हेल्लो डाक्टरमार्फत सहयोग लिनसक्ने महासंघले जनाएको छ । हेल्लो डाक्टर भाइबरमार्फत कोभिड संक्रमित बिरामी र डाक्टरबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने महासंघले जनाएको छ ।

प्रारम्भमा ५ जना डाक्टरबाट परामर्श थालनी गरिने छ । त्यसका लागि बिहान ९ः०० देखि १२ः०० बजेसम्म र दिउसो ३ः०० देखि ६ः०० बजेसम्मका लागि समय निर्धारण गरिएको छ ।

नाम दर्ता गर्न बिरामीले २११११२११११ भाइबर नम्बरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय बिरामीलाई पठाइने छ ।

त्यसपछि डाक्टरहरूले भिडियो कलमार्फत बिरामीसँग संवाद गरी परामर्श दिनेछन् । म्यासेजमा बिरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ । यो सेवा निःशुल्क हुने र देशैभरका सबै संक्रमितले लिनसक्ने जनाइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।