आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

माओवादीले फिर्ता लियो समर्थन, ओली सरकार अल्पमतमा

परदेशी खबर २२ बैशाख २०७८, बुधबार २३:५४ मा प्रकाशित ( २ साल अघि) १८० पाठक संख्या

२२ वैशाख, काठमाडौं नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमानसरकारलाई दिएको समर्थन फिर्ता लिएको माओवादीले समर्थन फिर्ता लिएसँगै सरकारअल्पमतमा परेको

समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको माओवादी केन्द्रका प्रमुखसचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन्

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलगत्तै नेकपा माओवादी केन्द्र सरकारबाटबाहिरिएको थियो तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो

बुधबार समर्थन फिर्ताको पत्र बुझाएपछि माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङले पत्रकारहरुसँगभने, ‘प्रधानमन्त्रीले संविधान विपरीत कदमहरु चाल्दै गैरहनुभएको उहाँकै सरकार निरन्तररहिरहँदा राष्ट्रियता, लोकतन्त्र जनजीविकाका सबै मुद्दाहरुमा गम्भीर खतरा पैदा भएर कालान्तरमाराष्ट्रिय स्वाधीनताकै मुद्दा गम्भीर खतरामा पर्न सक्ने भएकाले आजैका मितिदेखि लागू हुने गरीसमर्थन फिर्ता लिएका छौं

अल्मपतमा परेका प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनबाटविश्वासको मत लिंदैछन् तत्काल कायम रहेको सदस्य संख्याको बहुमत नपुगे ओली सरकार ढल्ने

माओवादीका प्रमुख सचेतक गुरुङले नियमित अधिवेशन बोलाउनुपर्नेमा विश्वासको मत मात्रै लिनेगरी विशेष अधिवेशन बोलाउनु पनि त्रुटिपूर्ण रहेको प्रतिक्रिया दिए यसो गर्नु संविधान विपरीतरहेको जिकिर उनले गरे

नियमित अधिवेशन बोलाएर विधेयक ल्याउन सकिनेमा सरकारले त्यसो नगरी विभिन्न वटाअध्यादेश जारी गरेको भन्दै उनले विरोध पनि गरे

सरकारमाथि आरोप

समर्थन फिर्ताको पत्रमा माओवादीले ओली सरकारमाथि विभिन्न आरोपहरु पनि लगाएको

संविधानको उल्लंघन गरी प्रतिगामी योजना बनाएको, सत्ताको निकृष्ट खेल खेलेको, समाजवादकोआधार निर्माण गर्ने लक्ष्यलाई ध्वस्त बनाएको, नेपाली कम्युनिष्ट आन्दोलनमाथि आक्रमण गरेको, कोरोना विरुद्धको लडाइँमा अक्षमता प्रदर्शन गरेको, देशलाई बाह्य शक्तिको क्रीडास्थल बनाउँदैलगेको लोकतान्त्रिक मूल्यमान्यता विपरीत अध्यादेशबाट शासन चलाउन उद्दत भएको आरोपमाओवादीले ओलीमाथि लगाएको

साथै एमाले माओवादीको एकीकरण रद्द गर्ने सर्वोच्च अदालतको निर्णय पश्चात ३० दिनभित्रविश्वासको मत लिनुपर्नेमा नलिएको नियमित अधिवेशन बोलाउनुपर्नेमा विश्वासको मत लिनकालागि मात्रै विशेष अधिवेशन बोलाएकोमा भनेर पनि माओवादीले ओलीको आलोचना गरेको ।न्युज साभार : अनलाइन खबरबाट

हेर्नुहोस् समर्थन फिर्ताको पत्र