आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

नेपालको कम्युनिष्ट लाई अझै किन बिश्वास गर्ने ?

परदेशी खबर २२ बैशाख २०७८, बुधबार १३:४७ मा प्रकाशित ( २ साल अघि) ५२५ पाठक संख्या

 

युवक राई

 

 

मे ५, कुवेत

मुलतः राजनीतिको मुख्य निति भनेको देखिने गरि राज्यको प्रत्येक तहमा वैधानिक तवरले देश र जनतालाई केन्द्रमा राखेर गरिने धेरै जनाको बृहत समाजसेवालाई राजनीति भनिन्छ। तर विडम्बना नेपालको. वर्तमान राजनीतिको अर्थको अभ्यास कसरी आफू , आफ्नो पार्टी वा आफ्नो गुटलाई सत्तामा राखिरहने र राज्यको , जनताको भन्दापनि अर्को आउने चुनावमा फेरि सरकारमा पुग्न सक्ने मत कसरी ल्याउन सकिन्छ भनी आफू निकट कार्यकर्ता , व्यावसायि, हुनेखाने , केही बौद्धिक ब्यक्ति वा मिडिया साथै समाजमा नकारात्मक छबि भएकै कोहि किन नहोस् त्यस्ता प्रविधिका ब्यक्तिलाई बढी मात्रामा महत्त्वमा राखी त्यहीँ अनुरुपको मात्र भिजन बनाईएको देखिन्छ।

अझ कम्युनिस्ट पार्टीको त अहिलेको मनस्थिति कस्तो देखियो भने आफू सत्तामा आउन कुनै पनि दल वा कुनै पनि आफ्नो विचारधारा नमिल्ने पार्टी सँग भएपनि मिलेर चुनावमा जाने र जनतालाई एकप्रकारको धमिलो आशा जगाउने केही गरिपो हाल्छ की ? केही भइ पो हाल्छ कि ? जस्ता र पछि आफू सत्तामा पुगिसकेपछि त्यही आफू सङै मिलेर आएको वा समर्थन गरेको पार्टीलाई वा समुहलाई सिमित अधिकार भित्र अदृश्य बन्दी जस्तो बनाएर राख्ने अवस्था देखियो। उदाहरणको लागि हेर्न सकिन्छ अहिलेका नेपालका कम्युनिष्ट पार्टीहरु नेकपा माओवादी र नेकपा एमाले मिलेर अबको देशको मुख्य महत्त्वपुर्ण एजेन्डा भनेको देशलाई समृद्धि तर्फ तीब्र गतिमा लानुमात्र हो। र हाम्रो नयाँ बन्ने नेपाल कम्युनिस्ट पार्टी ( नेकपाको ) एजेन्डानै यहीँ हो भनेर जनतामा गएका थिए । पछि पार्टी एकता नै गरे तर सत्तामा पुगिसकेपछि आफ्नै आन्तरिक पदिय असमानता र सत्ताको भागबन्डाको किचलोमा नेकपा , देश र अलिअलि बिश्वास पलाउदै गरेको जनताको आशालाई लथालिङ्ग बनाएर , खुलेआम झगडा/भनाभन , एक अर्काको कमजोरी देखाउन थाले र यसको फलस्वरूप नेकपा सकियो ।
त्यही भएर मैले माथि उल्लेख गरिसके जनतालाई नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु एक भै सरकारमा जादा पक्कै केही सुधारका / बिकासका / परिवर्तनका उज्यालोको उदय हुन्छ। र देश र जनताको भबिस्य केहि हदसम्म माथी उठ्छ। र पक्कै पनि यो कम्युनिस्टको सरकारलाई यो भन्दा सहज र सुनौलो अवसर कहिले थिएन। तर आफ्नै पार्टीले सरकारलाई सहयोग नगर्ने र सरकारले आफ्नै पार्टीलाई। यसैको बिउबाट धेरै विवादहरु हुर्किए। र नेपालका कम्युनिस्टले देश , जनता र स्वयम आफ्नै कार्यकर्ताको पनि धेरै बिश्वास घुमाए।

त्यही भएर अब आउने चुनावमा जनताले कम्युनिस्ट पार्टीलाई किन पत्याउने ? कम्युनिस्ट एक हुँदा निकै खुशी भएका र आफ्नो पूरा क्षमताले पार्टीलाई सहयोग गरेका कार्यकर्ताले किन अब कम्युनिस्ट पार्टीलाई सरकारमा जान सक्ने बनाउने ? यो प्रश्नको जवाफ प्रष्ट नभए सम्म कम्युनिस्टलाई जनता र उसैको कार्यकर्ताले फेरि किन पत्याउने ?

तर अझै पनि जनता र कार्यकर्ताले फेरि बिश्वास गर्ने एउटा विकल्प भनेको कम्युनिस्ट भित्रैको केही आशालाग्दो दोस्रो दर्जाका नेता-कार्यकर्ताहरुले आफूलाई साहसिक बनाई केही कदम चाल्न सके र बिश्व राजनीति , बिज्ञान , बिकास , प्रबिधि , अर्थको नयाँ ढंगले तार्किक एजेन्डा ल्याउन सके र यी एजेन्डा पूरा हुने सम्भावना र उपाय पनि बुझाउन सके एक पल्ट फेरि जनताले पत्याउछ्न। किनकि कम्युनिस्टको विकल्पमा अर्को पार्टी पनि बिश्वास गरि हाल्ने त्यस्ता पार्टी वा ब्यक्ति अझै छैनन्।

युवक राई