राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभाको अधिवेशन, प्रधानमन्त्रीलाई विश्वासको मत लिने


बैशाख १९,काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वासको लिन राष्ट्रपतिले यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाएकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम ‘प्रधानमन्त्रीले आफूमाथि विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकोले सोही प्रयोजनका लागि’ सो दिन अपराह्न १ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवराज घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।






Related Posts
  • कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज
  • राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान
  • मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने
  • २४ घण्टामा ४ हजार ७ जनाले जिते कोरोना
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

    राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

    मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

    बिजनेष

    बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस