‘विप्लव’ समूहका मुद्दा संविधान र कानूनले मिल्ने मात्र फिर्ता हुने: महान्यायाधिवक्ता बडाल

बैशाख १५,काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्तामाथि लागेका सबै मुद्दा संविधान र कानूनले मिल्ने मात्र फिर्ता हुने महान्यायाधीवक्ता रमेश बडालले बताएका छन् ।

सरकारका कानुनी सल्लाहकार समेत रहेका बडालले शान्ति प्रक्रियामा आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्तामाथि लागेका सबै मुद्दा फिर्ता गर्न नमिल्ने बताए ।

“नेकपा विप्लव समूह, सीके राउत र मधेश आन्दोलनसम्बन्धी १५ वटाभन्दा बढी मुद्दाहरु फिर्ता लिन मिल्ने भनी सरकारलाई राय दिएको र सोहीअनुसार आज सरकारले मधेश आन्दोलका विभिन्न मुद्दाहरु फिर्ता लिएको छ ।”महान्यायाधिवक्ता कार्यालयलाई मुद्दा फिर्ता लिनका लागि राय दिने संवैधानिक व्यवस्था छ ।

गत फागुन २१ गते सरकार र विप्लव पक्षबीच तीनबुँदे सहमतिपछि विद्रोहमा रहेको ‘विप्लव’ नेतृत्वको नेकपा शान्तिपूर्ण मूलधारको राजनीतिमा आएको हो ।






Related Posts
  • कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज
  • राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान
  • मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने
  • २४ घण्टामा ४ हजार ७ जनाले जिते कोरोना
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

    राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

    मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

    बिजनेष

    बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस