संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

६ वैशाख, काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

मन्त्रिपरिषदका एक सदस्यले भने, ‘आज दिउँसो १ बजेबाट अधिवेशन अन्त्यको निर्णय गरिएको छ ।’ जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले अधिवेशन अन्त्यको निर्णय गरिएको उनले बताए ।

हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुने छ । त्यसको मिति पनि सरकारको सिफारिसमा राष्ट्रपतिले नै तोक्ने व्यवस्था छ ।

संसद पुनर्स्थापना भएपछि गत फागुन २३ गतेदेखि हिउँदे अधिवेशन सुरु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते विघटन गरेको संसदलाई पुनर्स्थापना गर्न सर्वोच्च अदालतले फागुन ११ गते आदेश दिएको थियो । यो खबर अनलाइन खबरले प्रकाशित गरेका छन ।






Related Posts
  • कुवेतमा साल २०७७ भित्र ५९ जना नेपालीको निधन , ४९ जना जेलमा
  • अदालतको आदेशविपरीत पत्रकार पक्राउ गरिएकोमा महासंघको विरोध
  • वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा, यातायात पनि बन्द
  • हवाईमार्गबाट आउनेलाई १४ दिन क्वारेन्टिन अनिवार्य
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

    राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

    मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

    बिजनेष

    बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस