पदमुक्त बादलको आजै पुन:नियुक्ति, साँझ सपथ

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल ‘राष्ट्रियसभा सदस्यबाट मुक्त भएका छन् । पदमुक्त भएका थापाले आजै साँझ पुनः गृहमन्त्रीको शपथ लिने भएका छन् । थापाको साँझ ५ बजे राष्ट्रपति भवनमा सपथ ग्रहण हुने तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेपछि उनी मन्त्री बन्न लागेका हुन्। थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बनेका थिए। अदालतको फैसलाबाट नेकपा छुट्टिएर  पूर्वएमाले र पूर्वमाओवादीमा रूपान्तरण भएपछि थापाले एमाले रोजेका थिए।

नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाए थियो। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रअनुसार सांसद पद रिक्त भएको निर्णय गरेपछि संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको थियो।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन भएका थापाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले उनलाई राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको हो ।

राष्ट्रियसभामा केन्द्रका सचेतक दीनानाथ शर्माले थापालाई राष्ट्रियसभा सदस्यबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गरेका थिए। सोहीअनुसार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसलाई आइतबार स्वीकृत गर्दै तथा राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ ।

यसअघि माओवादी त्यागेर एमाले अध्यक्ष केपी ओलीको पक्षमा लागेका माओवादी केन्द्रका प्रतिनिधिसभाका सांसदहरूको पद पनि खारेज भएको थियो। मन्त्रीसमेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद गुमेको थियो। सांसद पद गुमेपछि प्रधानमन्त्री ओलीले उनीहरूलाई फेरि ६ महिनाका लागि मन्त्री बनाएका छन्। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।                                                                                    






Related Posts
  • कुवेतमा साल २०७७ भित्र ५९ जना नेपालीको निधन , ४९ जना जेलमा
  • अदालतको आदेशविपरीत पत्रकार पक्राउ गरिएकोमा महासंघको विरोध
  • वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा, यातायात पनि बन्द
  • हवाईमार्गबाट आउनेलाई १४ दिन क्वारेन्टिन अनिवार्य
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

    राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

    मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

    बिजनेष

    बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस