आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

ठूला सहरका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने सीसीएमसीको सिफारिस

परदेशी खबर ४ बैशाख २०७८, शनिबार १७:४२ मा प्रकाशित ( २ साल अघि) १७५ पाठक संख्या

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढ्दै गएको भन्दै कोभिड-१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ठूला सहरका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ। 

शनिबार सिंहदरबारमा बसेको सीसीएमसकिो बैठकले वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको हो। विद्यालयको पढाइलाई वैकल्पिक विधिबाट अगाडि बढाउने विषयमा छलफल गर्दै यस्तो निर्णय गरेको हो। विद्यालयमा संक्रमण बढी देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै विद्यालय र भीडभाड हुने स्थानमा नजान अनुरोध गरेको थियो। 

सीसीएमसीको सिफारिसलाई मन्त्रिपरिषद्ले पारित गरेमा मात्र त्यो कार्यान्वयन हुनेछ । अन्य स्थानीय तहको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय  गरेअनुसार हुनेगरी सीसीएमसीले यस्तो निर्णय गरेको हो। 

नेपालमा पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्दै गएपछि सरकारले कडाइ गर्न लागेको हो। बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि थप कडाइ गर्ने विषयमा विभिन्न विषयमा छलफलसमेत भएको छ। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।