जीवन विमा स्वरुप अल मुल्ला एक्सचेञ्जको तर्फबाट कुवेतमा मृत्यु भएका विष्णुका परिवारलाइ ३ लाख ९३ हजार रुपैयाँ

परदेशी खबर/ १५ अप्रील, कुवेत। केही महिना पहिले कुवेतमा मृत्यु भएका विष्णु सुनारको जीवनविमा स्वरुप अल मुल्ला एक्सचेञ्जको तर्फबाट सुनारको परिवारलाइ लाख ९३ हजार सय सातरुपैया आज मृतककी श्रीमती निर्मला बिकको नेपाल बैंकको खाता नं 08001106768816000001 मा जम्मा गरिदिएको छ।

सुनारको गत १० नभेम्बर २०२० को दिन सुतेको वेला ओछ्यानमै मृत्यु भएको थियो उनि पञ्चे बाजासमुह कुवेतका अध्यक्ष थिए।

कुवेतको कुनैपनि अल मुल्ला एक्सचेञ्जको शाखाबाट पैसा पठाएबापत एक महिनाको लागि हजार दिनारको निशुल्क जीवन विमा एक्सचेञ्जले  दिने गरेको छ। सुनारले आफू मृत्यु हुनु भन्दा केहि दिन अघि मात्र आफ्नो परिवारलाइ अल मुल्ला एक्सचेञ्जबाट पैसा पठाएकाले सो रकम प्राप्तभएको हो। उक्त रक़म मृतक सुनारको श्रीमतिको नाममा अल मुल्ला एक्सचेञ्जकै अकाउन्टबाट आज  हजार कुवेती दिनर अर्थात नेपाली लाख ९३ हजार सय रुपैयाँ पठाइएको अल मुल्ला एक्सचेञ्जमा कार्यरत नेपालका लागि करिडोर इन्चार्ज भुवन सुवेदिले जानकारी दिएका छन। अलमुल्ला एक्सचेञ्जबाट पैसा पठाएउने बित्तिकै स्वतः कुनै शुल्कबिना नै जीवन विमा बन्ने गरेको छ।जीवन विमा बनेको एक महिना भित्र आत्माहत्या वाहेक जस्तोसुकै कारणले मृत्यु भएको खणडमा एक्सचेञ्जले मृतक परिवारलाइ जीवन विमा स्वरुप हजार कुवेती दिनार उपलब्ध गराउने गरेको छ।

सुनारको नामको विमा रक़म प्राप्तिका लागि निरन्तर मृतक परिवार सम्बन्धित एक्सचेञ्जसंगसमन्वय गर्दै मध्यस्थताकर्ताको भुमिका निर्वाह गर्ने बिबि मल्ला ठकुरि, उमेश पुडासैनी लगाएत यस कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाइ करिडोर इन्चार्ज भुवन सुवेदिले धन्यवाद व्यक्त गर्दैउनले आफू कार्यरत कम्पनिबाट नेपालिको नाताले पाउनुपर्ने सुविधाको लागि आफुले सक्दो भुमिका निर्वाह गरेको कारण यो कार्यले सफलता पाएकोमा आफू खुसी बताएका छन्। 

उनको भनाइ अनुसारसर्वप्रथम कसैले पनि विदेशी भुमिमा ज्यान गुमाउनु नपरोस तर नचहाँदानचहाँदै पनि हामी धेरै नेपालीहरुले ज्या गुमाइरहनु दु:खद पक्ष हो , तर पनि अल मुल्ला एक्सचेञ्जबाट पैसा पठाए वापत मात्रै मर्ने मरेर गए पनि मृतकको परिवारले केही राहत पाउनु ठुलै कुराभएको बताए।






Related Posts
  • कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज
  • राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान
  • मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने
  • २४ घण्टामा ४ हजार ७ जनाले जिते कोरोना
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

    राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

    मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

    बिजनेष

    बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस