आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

रुसमाथि अमेरिकाले लगायो प्रतिबन्धः रुसले भन्यो, ‘जवाफ दिनेछौं’

परदेशी खबर ३ बैशाख २०७८, शुक्रबार १३:१६ मा प्रकाशित ( २ साल अघि) ६६५ पाठक संख्या


बैशाख ३ ,काठमाडौं । अमेरिकाले रुसमाथि साइबर हमला र शत्रुतापूर्ण गतिविधि गरेको भन्दै प्रतिबन्धको घोषणा गरेको छ । यसका साथै, अमेरिकाले रुसका १० कूटनीतिज्ञलाई निष्कासित गरिदिएको छ ।

ह्वाइट हाउसले यो प्रतिबन्धको उद्देश्य रुसको हानिकारक विदेशी गतिविधिको रोकथाम गर्नु बताएको छ ।

उसले एक बयानमा अघिल्लो वर्ष ‘सोलरविन्ड्स’ को बडी ह्याकिङको पछाडि रुसी गुप्तचर एजेन्सीको हात भएको बताएको छ ।

साथै, सन् २०२० को अमेरिकी चुनावमा रुसले हस्तक्षेप गरेको आरोप लगाएको छ ।

रुसले आरोप अस्वीरका गर्दै यसको जवाफ दिइने बताएको छ ।

राष्ट्रपति जो बाइडेनले बिहिबार एक आदेश जारी गरेका छन् जसमा यी प्रतिबन्धको विवरण दिएको छ । यसमा रुसका ३२ अधिकारी र व्यक्तिविरुद्ध कारवाही गरिएको छ ।

अमेरिकाले यो कदम दुई देशबीच तनावको स्थितिका बीच यस्तो कदम उठाएको छ ।

अघिल्लो महिना अमेरिकाले रुसका सात अधिकारीविरुद्ध रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नवेलनीलाई विष दिएको मामिलामा कारवाही गरेको थियो । रुसले यो आरोप अस्वीकार गर्दै आएको छ ।

मंगलबार बाइडनेले पुटिनसँग फोनवार्ता गरेका थिए जसमा उनले अमरिकाको राष्ट्रिय हितलाई दृढतापूर्वक रक्षा गर्ने संकल्प जताएका थिए । उनले पुटिनसँग एक बैठक गर्ने प्रस्ताव पनि राखेका छन् । यसमार्फत्, दुई देश मिलेर काम गर्न सकिने मुद्दाको पहिचान गर्ने चाहना राखेका छन् ।

प्रतिबन्धः

बिहिबार अमेरिकी राष्ट्रपति बाइडेनले रुसविरुद्ध प्रतिबन्ध लगाउने निर्णयलाई ‘अनुपातिक’ बताए ।

बाइडेनले पत्रकारलाई भने, ‘मैले राष्ट्रपति पुटिनलाई स्पष्ट पारिदिएको छु कि हामीले अझै यो भन्दा बढी गर्न सक्दथ्यौं । अमेरिका रुससँग तनाव र संघर्ष बढाउने सिलसिला सुरु गर्न चाहँदैन ।’

उनले अबको बाटो सोचेर बुझेर गरिएको वार्ता र कूटनीतिक प्रक्रियामार्फत् निस्कने बताएका छन् ।

ह्वाइट हाउसले जारी गरेको बयानमा भनिएको छ, ‘नयाँ प्रतिबन्धले के देखाउँछ भने रुसले यदि अस्थिरता निम्त्याउने खालको कारवाही जारी राख्छ भने अमेरिकाले उसलाई यसका लागि रणनीतिक र आर्थिक रुपमा भारी पर्ने खालको मूल्य चुकाउनु पर्ने निर्णय लिनेछ ।

बाइडेनले रुसमाथि आरोप लगाउँदै भने, ‘साइबर हमलाको पछाडि रुस सरकारको हात छ । रुसले अमेरिका र उसको सहयोगी देशमा स्वतन्त्रता र निष्पक्ष लोकतान्त्रिक चुनावलाई प्रभावित गर्ने प्रयास गरिरहेको छ । ’

उनले विशेषगरी रुसी विदेशी गुप्तचर एजेन्सी एसवीआर र सोलरविन्ड्स हमलाको आरोप लगाएका छन् ।

उक्त हमलाका कारण साइबर अपराधीले १८ हजार सरकारी र नीजि कम्प्युटर नेटवर्कमा पहुँच पाएका थिए ।

अघिल्लो वर्ष डिसेम्बरमा तत्कालीन अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले यो हमलाको पछाडि रुसको हात भएको बताएका थिए ।

रुसको प्रतिक्रियाः

प्रतिबन्धको घोषणाको केही बेर पछि रुसी विदेश मन्त्रालयले यसलाई एक शत्रुतापूर्ण कदम बताए जुन खतरनाक तरिकाले संघर्षको पारा बढाउने बताएका छन् ।

मन्त्रालयले एक बयानमा भने, ‘यस्तो आक्रामक व्यवहारको निश्चित रुपमा एक सटिक जवाफ दिइनेछ ।’

रुसी विदेश मन्त्रालयले अमेरिकी राजदूतलाई बोलाएको छ ।

यस्तै, यूरोपेली संघ, नेटो र बेलायतले अमेरिकाको यो कदमको समर्थनमा बयान जारी गरेका छन् ।

बीबीसी