स्वास्थ्य मन्त्रालयले गरे सिफारिसएक महिना विद्यालय बन्द गर्न


चैत्र ३१, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घना बस्ती भएका शहरका विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले काठमाडौँ उपत्यकासहित बाक्लो बस्ती भएका शहरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै एक महिना विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरेको हो ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट कम उमेर समूहमा बढी देखिएको बताए । मन्त्री त्रिपाठीले चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको जानकारी दिए ।

उनका अनुसार यसबारे कोभिड–१९व्यवस्थापन सेन्टर (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ । तर यसबारे निर्णय हुन बाँकी छ ।

उनले १८ वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई कोरोनाको भ्याक्सिन नभएकाले जोखिम बढेको बताएका छन् । मन्त्री त्रिपाठीले संक्रमण डरलाग्दो अवस्थामा पुगेको बताएका छन् ।

‘संक्रमण डरलाग्दो अवस्थामा यो मानेमा छ कि अहिलेसम्म जतिपनि भ्याक्सिन बनेका छन् १८ वर्षमाथिका लागि मात्रै बनेको छ, बालबालिकालाई जोगाउन चुनौती थपिएको छ’, उनले भने ।






Related Posts
  • कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज
  • राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान
  • मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने
  • २४ घण्टामा ४ हजार ७ जनाले जिते कोरोना
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

    राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

    मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

    बिजनेष

    बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस