कतार एयरवेजको कोभिड–१९ विरुद्धको खोपयुक्त उडान सञ्चालन

दोहा । कतार एयरवेजले विश्वको पहिलो पूर्णतया कोभिड–१९ खोपयुक्त उडान सञ्चालन गरेको छ ।
केवल खोप लगाएका चालक दल तथा यात्रुहरू बोकेको क्यूआर ६४२१ को जहाज ११ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको थियो । जहाँ यात्रुहरूलाई चेक–इनमा पनि खोप लगाएका कर्मचारीहरूले सुरक्षा जाँच गरेको एयरलाइन्सले जनाएको छ । उक्त उडान अपरान्ह २ बजे दोहा फर्किएको हो ।
एयरलाइनले बोर्डमा सुरक्षा र स्वच्छताको मापदण्डहरू सुनिश्चित गर्नका लागि राखेका सबै उपायहरू अपनाएको जनाएको छ । जसमा विश्वको पहिलो ‘जिरो टच’ मनोरञ्जन प्रविधि समावेश रहेको पनि कम्पनीले जनाएको छ । यो खबर रातो पार्टीले प्रकाशित गरेका छन ।
« राइस कुकरभित्र करीब १ किलो सुन लुकाएर ल्याउने एकजना विमानस्थलबाट पक्राउ (Previous News)