नेपाल र कतारबीच पर्यटन प्रवद्र्धनका लागि सहकार्य हुने

चैत्र २४, काठमान्डौ। पर्यटन प्रवद्र्धनका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र नेपालका लागि कतारका राजदूत युुसुफ विन मोहम्मद अल हैल बीचसोमबार पर्यटन प्रवद्र्धनका विषयमा सहमति भएको हो ।

पर्यटन बोर्डमा भएको उच्चस्तरीय भेटवार्ताका क्रममादुवै देशबीच पर्यटन प्रवद्र्धन गर्न सकिने प्रर्याप्त सम्भावना रहेको र मिलेर काम गरे पर्यटन उद्योगलाई थप चलायमान बनाउन सकिने निस्कर्ष निकालिएको छ । बोर्डको निमन्त्रणमा आएका कतारी राजदूत मोहम्मद अल हैलले नेपाल प्रकृतिको अनुपम उपहार भएको उल्लेख गर्दै पूर्वाधार विकासमा थप जोड दिन सके नेपालले पर्यटनबाट आर्थिक विकास गर्न सक्ने बताए ।

‘नेपाल विश्वकै सुन्दर देशमध्येको एक हो । म आफैपनि नेपालका धेरै ठाउँ पुगेको छु । यहाँको प्राकृतिक सौन्दर्यले म सधैँ लोभिने गरेको छु । तर, यातायातको उचित प्रबन्ध र महँगो हवाई भाडाले गर्दा चाहेर पनि मानिसहरूले नेपाललाई आफ्नो गन्तव्य बनाउन सकेका छैनन् । यसमा ध्यान दिन सके राम्रो होला’ राजदूत हैलले भने ।नेपालको पर्यटन विकासका लागि नयाँ ढंगले सोच्न आवश्यक रहेको उल्लेख गर्दै नेपालको पर्यटन प्रवद्र्धनका लागि कतार सरकार सहयोग गर्न सधै तयार रहेको समेत बताए ।

कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालमा सरकार र निजी क्षेत्र दुवैले पर्यटन पूर्वाधार विकासमा ध्यान दिइरहको जानकारी गराउँदै पर्यटन बोर्डले कतारसहित मध्यपूर्वमा पर्यटन प्रवद्र्धनका नयाँ योजना अगाडि सारेको बताए ।डा.रेग्मीले कतारबाट नेपाल आउन चाहने पर्यटकको आवश्यकता अनुरूपको व्यवस्थाका लागि नेपाल तयार रहेको समेत जिकिर गरे । ‘नेपाल आउन चाहने पर्यटकको स्वागतका लागि नेपाल तयार छ ।

कतारी पर्यटकको लागि ‘हलाल’ खानाको उपलब्धता, प्रार्थना कक्ष जस्ता आवश्यक पूर्वाधारको समेत व्यवस्था भइरहेको छ’उनले भने,‘नेपाल र कतार बीच सिधा हवाई सम्पर्क समेत रहेकोले पर्यटक आवागमनमा खासै समस्या नहुने बताए । यसले पनि दुई देशबीचको पर्यटन प्रवद्र्धनमा बोर्ड सकारात्मक रहेको बताएको छ ।






Related Posts
  • मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय
  • कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध
  • त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल बिजयी
  • जीवन विमा स्वरुप अल मुल्ला एक्सचेञ्जको तर्फबाट कुवेतमा मृत्यु भएका विष्णुका परिवारलाइ ३ लाख ९३ हजार रुपैयाँ जीवन विमा स्वरुप अल मुल्ला एक्सचेञ्जको तर्फबाट कुवेतमा मृत्यु भएका विष्णुका परिवारलाइ ३ लाख ९३ हजार रुपैयाँ
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय

    संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

    कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध

    बिजनेष

    १ सय ६५ वटा सडक निर्माणको प्रधानमन्त्रीद्वारा स्वीच थिचेर एकैपटक शुभारम्भ

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस