आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

एकैदिन सगरमाथा आरोहणका लागि २६ जनाले लिए अनुमति

परदेशी खबर १९ चैत्र २०७७, बिहीबार २२:१५ मा प्रकाशित ( २ साल अघि) ४८३ पाठक संख्या


चैत १९,काठमाण्डाै / सगरमाथा आरोहणका लागि बिहीवार एकैदिन २६ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि आज तीन वटा टाेलीका २६ जनाले अनुमति लिएका हुन् । यसमध्ये १९ जना पुरुष र सात जना महिला रहेका छन् ।

अहिलेसम्म ७२ जनाले सगरमाथा आरोहणको अनुमति लिएका छन् । वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि २० टाेलीका एक सय ५१ जनाले अनुमति लिएको छ ।

अनुमति लिएकामध्ये एक सय चार जना पुरुष र ४७ जना महिला रहेका छन् र अनुमतिबापत विभागले अहिलेसम्म १० करोड ५३ लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।