प्रवास विशेष प्रदेश समिति बिस्तार, कुवेतबाट जयनारायण थारु सदस्यमा मनोनित

अप्रील १, कुवेत । समाजवादी पार्टीको प्रवास विशेष प्रदेश समिति बिस्तार गरिएको छ् । प्रवास विशेष प्रदेश समिति सदस्यमा कुवेतकाबाट जयनारायण थारु सदस्यमा मनोनित हो ।
विदेशमा रहेका नेपाली समाजहरूलाई सक्रिय बनाउने भएको उदेश्य सहित साङ्गठनिक गतिविधिलाई तीव्र तुल्याउन प्रदेश समितिले पार्टीको प्रवास अङ्गका रूपमा रहेका चलायमान बनाउन लागेको हो ।
गत २८ मार्चमा बसेको मासिक पूर्ण बैठकले समितिमा थप सात सदस्यहरू समेत नियुक्त गरेको छ । पार्टीको प्रवास समिति र राष्ट्रिय समितिमा रहेर नेतृत्व गरेका नेताहरूलाई सदस्यका रूपमा मनोनीत गरिएको जनाएको छ् ।
मनोनीत सदस्यहरूमा नेपाली समाज यूकेका पूर्व अध्यक्ष कमल गुरूङ, लिम्बुवान समाज यूकेका पूर्व अध्यक्ष लोकेन्द्र तबेबुङ, नेपाली समाज मलेसियाका पूर्व अध्यक्ष विरेन्द्र नेगी, नेपाली समाजकी पूर्व अध्यक्ष क्षेत्रकला राई, अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाका पूर्व अध्यक्ष भानुभक्त देवकोटा, पूर्व नयाँ शक्ति सङ्घीय परिषद सदस्य शकुन्तला गुरूङ र कुवेतबाट जयनारायण थारू रहेका छन् ।
यस निर्णयसँगै प्रवास प्रदेश समितिको सदस्य सङ्ख्या ६६ पुगेको छ । समितिको अध्यक्षमा यूकेका धन गुरूङ रहेका छन् । उनी पहिले नयाँ शक्तिनिकट प्रवास समितिका अध्यक्ष रहिसकेका छन् । प्रदेश समितिको इञ्चार्जमा पार्टीका केन्द्रीय नेता आङकाजी शेर्पा रहेका छन् ।
जसपाको २० वटा मुलुकहरूमा प्रवास समितिका रूपमा नेपाली समाजहरू गठन भएका छन् ।