चीन र इरानबीच २५ वर्षे व्यापार सम्झौता

तेहरान: चीन र इरानले २५ वर्ष लामो सम्झौतामा हस्ताक्षर गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यी र इरानी विदेशमन्त्री मोहम्मद जाबद जरिफबीच शनिबार हस्ताक्षर भएको हो । 

मध्यपूर्वी मुलुकको दुई दिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङले इरानमा उक्त सम्झौता गरेका हुन् । यस क्रममा वाङले इरानी राष्ट्रपति हसन रौहानीसँग पनि भेटवार्ता गरे । चिनियाँ राष्ट्रपति सी जिनपिङ २०१६ मा इरान भ्रमणमा रहेका बेलादेखि नै उक्त सम्झौता सक्रिय रहँदैआएको थियो ।

यसपटकको सम्झौता अनुसार द्वीपक्षीय व्यापार आगामी दशकसम्म १० गुणा बढाएर ६०० बिलियन पुर्‍याउने सहमति भएको छ। तर दुई देशबीच भएको सम्झौताबारे सरकारले औपाचरिक रुपमा प्रकाशन गरेको छैन । यद्यपि सैन्य सहयोगका साथै उर्जा, भौतिक पूर्वाधार लगायत प्रमुख क्षेत्रमा लगानी गर्ने चिनियाँ रणनीतिक सम्झौताको रुपमा पनि यसलाई व्याख्या गरिएको छ ।

अमेरिकाले चीन र इरान दुबै देशमाथि प्रतिबन्ध लगाएपछि यस सम्झौता गरिएको बताइएको छ । अमेरिकी निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएका प्रतिबन्ध फिर्ता लिन जो बाइडेन पनि तयार देखिएका छैनन् । चीन र रुसले भने प्रतिबन्ध हटाएर सम्झौता कायम गर्न आग्रह गर्दैआएका छन् ।

चीनसँगको सम्झौतापछि इरानी राष्ट्रपतिले आर्थिक र व्यापार सहायताका साथै आतंकवाद र अतिवादविरुद्ध लड्न चीनसँग मिलेर अघि बढ्न सकिने प्रतिक्रिया दिएका थिए । चीन र इरानबीच ५० वर्ष लामो औपचारिक कुटनीतिक सम्बन्ध रहँदैआएको छ । यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।                                                                                                         






Related Posts
  • कुवेतमा साल २०७७ भित्र ५९ जना नेपालीको निधन , ४९ जना जेलमा
  • अदालतको आदेशविपरीत पत्रकार पक्राउ गरिएकोमा महासंघको विरोध
  • वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा, यातायात पनि बन्द
  • हवाईमार्गबाट आउनेलाई १४ दिन क्वारेन्टिन अनिवार्य
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

    राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

    मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

    बिजनेष

    बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस