म्यानमारमा एकैदिन सेनाको गोली लागेर ९० भन्दा धेरै प्रदर्शनकारीको ज्यान गयो

काठमाण्डौ। म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर एकैदिन ९० जनाभन्दा धेरै प्रदर्शनकारीमारिएका छन्

नेतृ आङ सान सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै प्रदर्शनमा लागेकाहरुमाथि त्यहाँकोसेनाले गोली प्रहार गर्दा ९० जनाको ज्यान गएको हो  

हिजो सेना दिवसकै दिन सेनाले चलाएको गोली लागेर मारिनेमा बच्चासहित ९० जनाभन्दा धेरैकोज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्  

म्यानमारको सेनाको यो कदमप्रति अमेरिका, बेलायत युरोपियन युनियनका  अधिकारीहरुले निन्दागरेका छन् बेलायतका राजदूत डान चगले विज्ञप्ति निकालेर निर्दोष नागरिकमाथि गोली चलाएरम्यानमारको सेनाले आफ्नो प्रतिष्ठा गुमाएको भन्दै विरोध गर्नुभएको  

घटनास्थलमा रिपोर्टिङमा रहेका एक पत्रकारका अनुसार त्यहाँ प्रदर्शनकारीहरुमाथि प्रहरीले नै गोलीचलाएको बताएको बीबीसीले खबर लेखेको म्यानमारमा सेना विरोधी प्रदर्शनका क्रममाअहिलेसम्म सयभन्दा धेरै प्रदर्शनकारीहरुले ज्न्यान गुमाइसकेका छन्  

प्रदर्शनकारीमाथि गोली चल्दै गर्दा सेना दिवसको अवसरमा म्यानमारका सैनिक प्रमुख जनरत मिनआङ लाइङले प्रजातन्त्र सुरक्षित रुपमा पुनःस्थापित गर्ने प्रतिबद्धता जनाउनुभएको थियो  उहाँलेसेना नै सत्तामा आउनुपर्ने नेतृ आङ सान सुकी सुकी नेतृत्वको पार्टीले अवैध काम गरेकोआरोपसमेत लगाउनुभएको

प्रदर्शनकारीहरुमाथि गोली हान्ने आदेश दिएकाबारे भने उहाँले केही खुलाउनुभएको छैन् तर सेनाप्रमुख लाइङले प्रदर्शनकारीहरुले नै गोली चलाउन थालेको आरोप लगाउनुभएको  समचार साभार उज्यालो अनलाइनबाट 






Related Posts
  • मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय
  • कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध
  • त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल बिजयी
  • जीवन विमा स्वरुप अल मुल्ला एक्सचेञ्जको तर्फबाट कुवेतमा मृत्यु भएका विष्णुका परिवारलाइ ३ लाख ९३ हजार रुपैयाँ जीवन विमा स्वरुप अल मुल्ला एक्सचेञ्जको तर्फबाट कुवेतमा मृत्यु भएका विष्णुका परिवारलाइ ३ लाख ९३ हजार रुपैयाँ
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय

    संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

    कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध

    बिजनेष

    १ सय ६५ वटा सडक निर्माणको प्रधानमन्त्रीद्वारा स्वीच थिचेर एकैपटक शुभारम्भ

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस