नवराज पन्थीलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको तेस्रो अधिवेशन सम्पन्न

परदेशी खबर / मार्च २७, कुवेत। नेपाल पत्रकार महसंघ कुवेत शाखाको हिजो मार्च २६, २०२१ शुक्रबारको दिन तेस्रो अधिवेशन  (ZOOM भर्चुअल प्रविधी ) मार्फत नवराज पन्थीलाई अध्यक्षमा चयन गर्दै ९ सदस्यको कार्य समितिसर्वसहमत  चयन भएको छ ।  

जुम प्रविधी मार्फत भएको अधिवेशनमा नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेको सभापति, नेपाल पत्रकार महासंघ केन्द्रका केन्द्रिय सचिव प्रकाश थापको प्रमुख आतिथ्यता एवं नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भन्डारी, एन आर एन ए कुवेतका अध्यक्ष सुजन केसि लगाएयत विश्वभरिका विभिन्न देशहरुका महासंघ शाखाहरुको अध्यक्षहरुको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा नेपाली राजदूतावासका महामहिम राजदूत दुर्गाप्रसाद भन्डारी, NRNA कुवेतका अध्यक्ष सुजन केसि, नेपाल पत्रकार महासंघ अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष भुपराज बस्याल लगाएतले शुभकामना मन्तव्य राखेका थिए।

कुवेतमा केही समय यता बढेको कोरोना संक्रमनलाई मध्य नजर गर्दै जुम प्रविधी अधिवेशनमा, पत्रकार जय आलेको संयोजकत्वमा झापाली समाज कुवेतका अध्यक्ष र NRNA कुवेतका महासचिव दिलकुमार पाख्रीन गरि तीन सदस्यीय निर्वाचन समितीद्वारा निर्वाचित उम्मेदवारीहरुको नामवली घोषणा गरेका थिए। 

आज शनिबारका दिन निबर्तमान अध्यक्ष हरिकृष्ण न्यौपाने सचिव आनन्द आचार्य लगाएतले नया कार्यसमितिलाई सपथ ग्रहण गराउँदै हरहिसाब समेत बुझाएका छन ।  

निबर्तमान सचिव आनन्द आचार्यले सहजीकरण तथा नवराज पन्थिले उपस्थित सम्पुर्ण अतिथिहरुलाइ स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए।

नयाँ चयन भएका कार्य समिती

अध्यक्ष: नवराज पन्थी

उपाध्यक्ष : एकराज मल्ल

सचिव: चन्द्र बिश्वकर्मा

सहसचिव: हरि बानियाँ

कोषाध्यक्ष: मनोज थापा

सदस्यहरु:

१) सुरेश कुमार गुरुङ

२) विजय राज धामी

३) प्रेम जिमि

४) विजय लामा

५) आकाश शेर्पा






Related Posts
  • मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय
  • संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय
  • कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध
  • केही दिनभित्रै काठमाडौंको राजनीतिमा कायपलट : प्रचण्ड
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय

    संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

    कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध

    बिजनेष

    १ सय ६५ वटा सडक निर्माणको प्रधानमन्त्रीद्वारा स्वीच थिचेर एकैपटक शुभारम्भ

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस