साउदी गठबन्धनको हुथी समूहमाथि आक्रमण

चैत ८,साना / साउदी अरेबिया नेतृत्वको गठबन्धनले इरान समर्थित हुथी समूहलाई लक्षित गर्दै जवाफी हवाई आक्रमण गरेको जनाएको छ ।

साउदी अरेबियामा ड्रोन आक्रमणको जिम्मेवारी हुथी समूहले लिएको केही घण्टामै गठबन्धनले पछिल्लो आक्रमण गरेको हो । आइतबार बिहान यमनको राजधानी सानास्थित स्थानीयहरुले पनि यस आक्रमणबारे जानकारी दिएका छन् ।

गत शुक्रबार साउदी अरेबियाको तेल रिफाइनरी केन्द्रमा भएको ड्रोन आक्रमणको जिम्मा हुथी समूहले लिएको थियो । जुन आक्रमणले गर्दा भीषण आगलागी समेत भएको थियो । साउदी गठबन्धनले भने शनिबार हुथीले आक्रमण गरेको भनिएको ड्रोन ध्वस्त पारेको जनाएको छ ।

हुथीको ड्रोन हमला सैनिक क्याम्पमा लक्षित गरी गरेको भनिएको थियो । तर हुथी समूहले राजधानी सानाको विमानस्थलमै आक्रमण भएको बताएको छ । पछिल्लो समय हुथी समूहले साउदी अरेबियामाथि आक्रमण बढाउँदै छ । साउदीले भने अधिकांश ड्रोन र मिसाइल ध्वस्त पारेको दावी गरेको छ । एजेन्सी






Related Posts
  • मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय
  • कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध
  • त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल बिजयी
  • जीवन विमा स्वरुप अल मुल्ला एक्सचेञ्जको तर्फबाट कुवेतमा मृत्यु भएका विष्णुका परिवारलाइ ३ लाख ९३ हजार रुपैयाँ जीवन विमा स्वरुप अल मुल्ला एक्सचेञ्जको तर्फबाट कुवेतमा मृत्यु भएका विष्णुका परिवारलाइ ३ लाख ९३ हजार रुपैयाँ
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय

    संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

    कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध

    बिजनेष

    १ सय ६५ वटा सडक निर्माणको प्रधानमन्त्रीद्वारा स्वीच थिचेर एकैपटक शुभारम्भ

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस