आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

जो बाइडेन विमानको सिँढी चढ्दै गर्दा तीन पटक चिप्लिए ,भिडियो

परदेशी खबर ७ चैत्र २०७७, शनिबार १४:१९ मा प्रकाशित ( ३ साल अघि) ७३१ पाठक संख्या


चैत ७, काठमाडौं / अमेरिकी राष्ट्रपति जो बाइडेनको एउटा भिडियो सोसल मिडियामा चर्चाको विषय बनेको छ । यो भिडियोमा बाइडेन विमानको सिँढी चढ्दै गर्दा लर्खराएको देख्न सकिन्छ । भिडियोमा देख्न सकिन्छ कि अमेरिकी राष्ट्रपति विमानको सिँढीमा तीनपटक लड्छन् । यद्यपि, उनले आफूले आफैंलाई सम्हालेका छन् ।

 

राष्ट्रपति जो बाइडेन शुक्रबार एटलान्टाको भ्रमणमा जाँदै थिए । त्यहाँ उनले एशियाली–अमेरिकी समुदायका नेतासँग भेट गर्ने कार्यक्रम थियो । एटलान्टा जानका लागि उनी एयरफोर्स वनको सिँढी चढ्दै गर्दा उनको सन्तुलन बिग्रियो र उनी लर्खराए । त्यसपछि उनी सिँढीको रेलिङ समातेर उक्लन्छन् ।

सिँढी माथि पुगेपछि बाइडेन स्यालुट गर्दै विमानभित्र पस्छन् । यो भिडियो सार्वजनिक भएपछि धेरैले बाइडेन बिरामी भएको हो कि भन्ने आशंका गरेका छन् । यद्यपि, ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केरिन जीन–पियरेले राष्ट्रपति शत प्रतिशत स्वस्थ भएको जानकारी दिएकी छिन् । सिँढीमा गलत कदम परेका कारण त्यस्तो भएको उनले बताइन् । एजेन्सी