आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कविता “म मर्दा मलामी कति?” – युवक राई ( ठिम्बर )

परदेशी खबर ४ चैत्र २०७७, बुधबार १८:२० मा प्रकाशित ( ३ साल अघि) ७८६ पाठक संख्या

युवक राई ( ठिम्बर )

यदि यादहरुको निश्चित आयु भैदिए ,
अनि मनहरुको मन भित्रै मृत्यु भैदिए l
सायद , सात समुन्द्र त के,सात ग्रह
पर जादाँनि, सताउने नछोड्ने
अतितलाई बिर्सन सक्थे।
चिन्ताहरुको काधमा जिन्दगीलाई
चिता तीर लादै गर्दा जति जति।
खै किन एकप्रकारको कौतुहलता छ ,
मनमा , ” म मर्दा मला ?”

भोगाइलाई कलम बनाएर ,
समयरुपी दिनरातको पानामा
आफ्नै आत्मकथा लेख्न सक्छु।
म भित्रको, म हरुले , मलाई ,
मृत्यु संग आत्मसमर्पण गर्न
लगाउछ जति जति।
खै किन उत्साहित ब्यग्र प्रतीक्षा छ
मनमा , ” म मर्दा मलामी कति ?”

किनकि भोग्नु पर्ने भोगी सके ,
सुन्नु पर्ने सुनी सके,
अनि देख्नु पर्ने देखि सके।
केहि ऋण अनि जिम्मेवारी नभए ,
घाट सम्म बसाई सरि सक्थे।
आवश्यकता , आलोचना , अभावहरुको रंगले
मधुरो इन्द्रेणी बन्दैछु म जति जति।
अझ खै मृत्यु पछि ,
अन्तिम हिसाब गर्ने इच्छा छ
मनमा ” म मर्दा मलामी कति ?”

युवक राई ( ठिम्बर )