आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

बहराइनका राजकुमार १६ जनाको टोली सहित सगरमाथा आरोहण गर्न नेपाल प्रस्थान

परदेशी खबर २ चैत्र २०७७, सोमबार १७:५६ मा प्रकाशित ( ३ साल अघि) ६३९ पाठक संख्या

May be an image of 4 people, beard, people standing and outdoors

परदेशी खबर/ १५ मार्च , कुवेत। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहित १६ जनाको टोली लिएर मार्च १५ मा नेपाल प्रस्थान गरेको छ ।

आरोहण दलमा बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी र ३ जना बेलायती नागरिक रहेको छ । आरोही टोलीलाई विशेष विमानबाट नेपाल प्रस्थान गरेको बहराइनका लागि नेपाली दुतावासले जानकारी दिएको छ ।

May be an image of one or more people, people standing, aircraft, outdoors and text that says 'A9C-AWL'

टोलीले गोरखाको चुमनुब्बी गाउँपालिका एकस्थित समागाउँका बासिन्दाहरुलाई दुई हजार डोज कोरोना बिरुद्धको खोप पनि उपलब्ध गराउने दूतावासले जनाएको छ । टोलीलाई राजदूत सुन्दासलगायत दूतावास परिवारले विमानस्थलमै पुगेर सफल यात्राको शुभकामना दिएका छन् ।
आरोहणका लागि आवश्यक बन्दोबस्ती नेपालमा रहेको सेभेन समिट ट्रेक्सले मिलाएको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ । उक्त टोली ८० दिनसम्म नेपालमा बस्ने दूतावासले जनाएको छ ।

गत असोजमा बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको सोही टोलीले आठ हजार एक ६३ मिटर अग्लो मनास्लु र छ हजार ११९ मिटर अग्लो लुबुचे हिमालको सफल आरोहण गरेको छ ।

May be an image of textMay be an image of 4 people, people standing and outdoors