नेकपा एमालेमा अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी खारेज, बागमति इन्चार्जमा बादल

काठमाडौं, २८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गरेका छन् । उनले गृहमन्त्री तथा नेकपा माओवादी केन्द्रबाट आएका नेता रामबहादुर थापा बादललाई बागमति प्रदेशको इन्चार्ज तोकेका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको केन्द्रीय कमिटी बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । सो निर्णय अनुसार माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वत: केन्द्रीय सदस्य भएका छन् ।

बैठकले एमालेको विदेश विभाग प्रमुखमा रहेका माधव कुमार नेपाललाई हटाएर राजन भट्टराईलाई नियुक्ति दिएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी तोकिएको छ ।

कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवालीको ठाउँमा यमलाल कँडेललाई जिम्मेवारी दिइएको छ ।

बागमती प्रदेश इन्चार्च अष्टलक्ष्मी शाक्यलाई पनि हटाइएको छ भने प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी तोकिएको छ ।






Related Posts
  • मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय
  • कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध
  • त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल बिजयी
  • जीवन विमा स्वरुप अल मुल्ला एक्सचेञ्जको तर्फबाट कुवेतमा मृत्यु भएका विष्णुका परिवारलाइ ३ लाख ९३ हजार रुपैयाँ जीवन विमा स्वरुप अल मुल्ला एक्सचेञ्जको तर्फबाट कुवेतमा मृत्यु भएका विष्णुका परिवारलाइ ३ लाख ९३ हजार रुपैयाँ
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय

    संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

    कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध

    बिजनेष

    १ सय ६५ वटा सडक निर्माणको प्रधानमन्त्रीद्वारा स्वीच थिचेर एकैपटक शुभारम्भ

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस