आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

बिना निष्कर्ष टुंगियो जसपाको संसदीय बैठक

परदेशी खबर २८ फाल्गुन २०७७, शुक्रबार १६:३१ मा प्रकाशित ( ३ साल अघि) ४२७ पाठक संख्या

फाल्गुन २८,काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बैठक बिना निष्कर्ष टुंगिएकाे छ ।

संसदीय दलको विधान पारित गर्ने, दलको नेता चयनलगायतका विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षमा पुग्न सकेको छैन । बैठकपछि अध्यक्ष उपेन्द्र यादवले विधान मस्यौदाकारले समय मागेपछि आज कुनै निर्णय नभएको बताए ।

४ बजे का‌ंग्रेस सभापति शेरबहादुर देउवा लगायतलाई सत्ता समीकरण र आफ्ना मागबारे छलफल गर्न जसपा नेताहरुले समय तय गरेका हुनाले विधान र संसदीय दलकाे नेताबारे निर्णय नगरी देउवा निवास गएका हुन् । प्रमुख सचेतक उमाशंकर अरगरियाले कांग्रेससँग छलफल गर्नेुपर्ने भएकाले संसदीय विधानबारे छलफल नगरी उठ्नु परेकाे बताए ।

भावी सत्ता गठबन्धनमा कुन दलसँग लाग्ने भन्ने विषयमा पनि जसपाभित्र छलफल जारी छ ।

बिहीबार साँझ सत्तारुढ नेकपा (एमाले) लाई बालुवाटारमा भेटवार्ता गर्दै जसपा नेताहरुले आफ्ना माग सम्बोधनका लागि सुनिश्चितता माग गरेका थिए ।