आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

पर्वत जिल्लामा स्थापित श्री देवनारायण अक्षयकोष द्वारा समाजसेवी दुर्गा गुरुङ मिलनलाई सम्मान

परदेशी खबर २४ फाल्गुन २०७७, सोमबार २०:३० मा प्रकाशित ( ३ साल अघि) १५१ पाठक संख्या

No description available.

मनु कोन्मे गुरुङ /फागुन २५, पोखरा। पर्वत जिल्ला कु.नपा- ३ दुर्लुङमा स्थापना भएको ९७ बर्षिय लेप्टेन देव गुरुङ र ८७ बर्षिय नारायण गुरुङको नाममा स्थापना भएको श्री देवनारायण अक्षयकोष द्धारा सामाजिक कार्यमा योगदान पुर्‍याएको भन्दै समाजसेवी दुर्गा गुरुङ “मिलन”लाई प्रमुख अतिथी संघीय सांसद माननीय लालकाजी गुरुङले सम्मानपत्र प्रदान गरी सम्मान गरेको छ |

उक्त संस्थाले औपचारिक कार्यक्रम गरि काेषको बिधान अनुसार १२ जना बिद्यालयमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरु लाई पुरस्कृत , ७ जना कुनपा- ३ दुर्लुङमा नेपाल सरकारको अधिकृत भएको ब्यक्तित्व लाई सम्मान,२ जना शैक्षिक सामाजिक र प्रजातान्त्रिक आन्दोलनमा उल्लेखनीय योगदान पुर्‍याएको व्यक्तित्वहरु लाई सम्मान,३ जना दिर्घा बिरामीहरु लाई राहात स्वरुप सहयोग रकम, २ जना कलाकार,१ जना पत्रकार ,१जना व्यक्तित्व कलामा र ३ जना महिला स्वयंसेविकाहरु लाई सम्मान एवम् पुरस्कृत गरेको थियो ।

कार्यक्रम संयाेजक प्रितम गुरुङकाे अध्यक्षतामा र सांसद लालकाजी गुरुङको प्रमुख अतित्थ्यमा सम्पन्न भएको थियाे भने विशिष्ट अतिथीहरु,अतिथीहरु,विभिन्न राजनीति दलका प्रमुख एवम् प्रतिनिधिहरुको व्यापक उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा श्री जयमा आमा समुहका नवनिर्मित भान्सा घरको प्रमुख अतिथि संघीय संसद लालकाजी गुरुङ, संविधान सभा सदस्य एवम् ने का केन्द्रिय सदस्य अर्जुन जोशी र ने का का पुर्व पार्टी सभापति तथा गण्डकी प्रदेश संसद ललितकला गुरुङले संयुक्त रूपमा उद्घाटन गर्नु भएको थियो भने नवनिर्मित दुवै भवनको चाबी तथा लालपुर्जा आमा समुहको उपाध्यक्ष रत्नकुमारी गुरुङ र कोषाध्यक्ष पार्वती गुरुङलाई प्रमुख अतिथीको हात बाट हस्तान्तरण गरेको थियो ।
कार्यक्रम संस्थाका सचिव हाेम बहादुर थापा ले संचालन गर्नुभएको थियाे भने संस्थाको उदेश्य र स्वागत मन्तव्य कार्यक्रम संयाेजक तथा अध्यक्ष प्रितम गुरुङले गर्नु भएकाे थियाे।

No description available.

No description available.