नेकपा नाम विवाद : ऋषि कट्टेलको पक्षमा फैसला

२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्थामा ३ जेठ २०७५ मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखी निर्वाचन आयोगमा पेश गरेका थिए ।

त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको भन्दै कट्टेलले सर्वोच्च अदालतमा रिट दिएका थिए । यो खबर अनलाइन खबरले प्रकाशित गरेका छन .,                                                             






Related Posts
  • संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय
  • केही दिनभित्रै काठमाडौंको राजनीतिमा कायपलट : प्रचण्ड
  • पदमुक्त बादलको आजै पुन:नियुक्ति, साँझ सपथ
  • नमस्ते नेपाल रेस्टुरेन्ट खेलखुद परिवारका सदस्य बाबु मगरलाई गरे बिदाई
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय

    संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

    कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध

    बिजनेष

    १ सय ६५ वटा सडक निर्माणको प्रधानमन्त्रीद्वारा स्वीच थिचेर एकैपटक शुभारम्भ

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस