आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

निद्रा नलाग्ने समस्या छ भने यी पाँच फलफूल तथा खाना खानुहोस्

परदेशी खबर २२ फाल्गुन २०७७, शनिबार १५:०३ मा प्रकाशित ( ३ साल अघि) ८२२ पाठक संख्या

परिवर्तित जीवनशैली र तनावका कारण अनिद्रा आमसमस्या बनिरहेको छ । एक किसिमको विकार हो । अनिद्राले दैनिक जीवन नै प्रभावित बनाउँछ । यसकै कारण थकान, तनाव तथा उदासीनता उब्जिन सक्छ । तर, तपाईं–हामीले खाने खानाबाट यस्तो समस्या समाधान गर्न सकिन्छ । दीर्घकालीन रूपमा निद्रा नलाग्ने समस्या समाप्त पार्न यी पाँच खाना उपयुक्त हुन सक्छन् ।

१. चेरी

चेरी एकदम स्वादिष्ट फल हो । यसमा राम्रो निद्रा पार्ने गुण हुन्छ । चेरीमा मेलाटोनिन तत्व हुन्छ जसले नियमित सुत्ने र उठ्न सक्ने क्षमता विकास गर्छ । मेलाटोनिन नियमित प्राप्त हुँदा शरीरको चक्रीय प्रणालीमा समेत सुधार आउँछ । अनुसन्धानकर्ताले चेरीको जुस पिउँदा मेलाटोनिनको स्तर बढ्ने जनाएका छन् यसले निद्रा एकनासको बनाइरहन्छ । चेरीलाई दैनिक सलाद वा स्न्याक्सका रूपमा प्रयोग गर्न सकिन्छ ।

२. बदाम

अनिद्राबाट बच्ने अर्को उत्तम उपाय बदाम सेवन पनि हो । बदाममा हुने म्याग्निसियम तत्वले निद्रा नलाग्ने समस्या हटाउँछ । म्याग्नेसियममा मांसपेशीलाई प्राकृतिक आराम गुण र विरोधी–गुणहरू समावेश हुन्छ । बदामको मात्रा मिलाएर नियमित रूपमा सेवन गर्दा निद्रा राम्रो लाग्ने र समयमै सुत्न मन लाग्ने हुन्छ । विशेषतः बुढेसकालमा यो निकै उपयोगी भएको अनुसन्धानकर्ता मान्छन् । ब्रेकफास्टसँगै दूध पिउँदा वा स्न्याक्समा बदाम प्रयोग गर्न उनीहरूको सुझाब छ । यस्तै धेरै भोक लागेका वेलामा पनि बदाम खाँदा तत्काल राहत मिल्छ ।

३. ओट्स

ओट्समा उच्च मात्रामा म्याग्निसियम र पोटासियम हुन्छ । अनिद्रा भएका व्यक्तिले यी दुवै तत्व समावेश भएको ओट्स खाँदा रातमा राम्रोसँग निद्रा लाग्छ । कतिपयले यसलाई ब्रेकफास्टका रूपमा लिने गरेका छन् । यसमा कार्बाेहाइड्रेट तथा फाइबरको मात्रा पनि धेरै हुन्छ । विज्ञहरूले ओट्सलाई बेलुका डिनरका रूपमा लिँदा पनि राम्रो हुने मानेका छन् । आरामदायक खाना भएकाले यो दाल वा दूधमा मिसाएर खान विज्ञहरू सुझाब दिन्छन् ।

४. केरा

केरा पनि अनिद्राबाट बचाउने फलमा पर्छ । यद्यपि, यो निकै हेभी फल समूहमा पर्छ । यसले शरीरमा फरक किसिमको शक्ति प्रदान गर्छ । केरामा उच्चतम मात्रामा म्याग्निसियम, पोटोसियम र ट्रिपटोफान तत्व हुन्छ । यसकारण केरा सेवन गर्दा बेलुका राम्रोसँग निद्रा लाग्ने विश्वास छ । ट्रिपटोफनले राम्रोसँग निद्रा लाग्न मद्दत गर्छ ।

५. भ्यालेरियन (एकप्रकारको जडीबुटी)

भ्यालेरियन एक प्रकारको जडीबुटी हो । यो उत्तर अमेरिका र युरेसिया क्षेत्रमा पाइन्छ । भ्यालेरियनको जरा जडीबुटी बनाउन प्रयोग गरिन्छ । शताब्दीदेखि नै भ्यालेरियन अनिद्रा हटाउन प्रयोग भइरहेको छ । धेरैजसोले भ्यालेरियाको जरालाई चियामा मिसाएर र ट्याबलेटका रूपमा पनि लिने गरेका छन् । यो अनिद्राको क्लिनिकल व्यवस्थापनमा धेरै प्रभावकारी छ । जुन मेडिकल अध्ययनले प्रमाणित पनि गरेको छ । अनुसन्धानकर्ताहरूले सुत्नुभन्दा एक घन्टाअगाडि भ्यालेरियन लिन सुझाब दिएका छन् । धेरै चिन्ता लागेको समयमा पनि यसको सेवनले तनाव हटाउँछ । प्रत्येक दिन भ्यालेरियन सेवन गर्न नसके पनि सातामा एकपटक लिन सुझाब विज्ञहरूको छ ।