आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

कुवेतमा आइतबार देखि लागु हुने गरि साँझ पाँच बजे देखि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी

परदेशी खबर २० फाल्गुन २०७७, बिहीबार २१:५९ मा प्रकाशित ( ३ साल अघि) ७०१ पाठक संख्या

कुवेतमा आइतबार देखि लागु हुने गरि साँझ पाँच बजे देखि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी 

युग लामा/ कुवेत – कुवेतमा केहि दिन देखि लगातार बढी रहेको कोरोना भाईरस नियन्त्रनको लागि आज बसेको क्याबिनेट बैठकले आइतबार देखि देश भर लागु हुने गरी साँझ पाँच बजे देखि बिहान ५ बजेसम्म १२ घण्टा कर्फ्यु आदेश जारी गरिएको छ । अरब टाइम्स कुवेतले जनाए अनुसार मार्च महिना भर कर्फ्यु लागु हुनेछ ।  

आइतबार देखि अहिले बन्द अवस्थामा रहेको शैलुन तथा जिमखानालाई भने स्वास्थ्य मापदन्ड पालना गरि खोल्न अनुमती दिएको छ । 

यस अघि फेब्रुअरी २२ तारिकमा बसेको क्याबिनेटको बैठकले कर्फ्यु आदेशको प्रस्ताब खारेज गरेका थिए । कुवेत सरकारले दोश्रो पटक कोरोना भाईरस नियन्त्रनको लागि कडा कदमहरु चालेको छ । यस अघिको बैठकले सामाजिक दुरी पालना नगरि भेलागत रुपमा भेटे  तीन महिना जेल र पाँच हजार केडी जरिवाना लाउने क्याबिनेटको निर्णय गरेका थिए ।