सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल जाँदै

परदेशी खबर ,३ मार्च ।विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल जाने भएको छ ।

असोज महिनामा लोबुचे पिक र मनास्लु हिमालको सफल आरोहण गरेको टोली यहि वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि नेपाल जाने बहराइनमा रहेको नेपाली दूतावासले बिग्याप्ती मार्फत जनाएको छ ।

१३ जना बहराइनी र तीन बेलायती गरी १६ जनाको आरोहण टोली आउँदाे चैत २ गते नेपाल आउने दूतावासले जनाएको छ । ७९ दिन नेपालमा बस्ने टोलीको सगरमाथा आरोहणलगायतको बन्दोबस्त सेभेन समिट ट्रेक्सले गर्ने भएको छ ।

गएको वर्ष कोरोना महामारीका कारण सरकारले वसन्तकालीन आरोहण स्थगन गरेको थियो । तर यस वर्ष आरोहण खुला गरेसँगै आठ जना आइसफल डाक्टरहरू बाटो बनाउनका लागि सगरमाथाको आधार शिविरतर्फ गइसकेको पर्यटन विभागले जनाएको छ् ।

विभागले सगरमाथा आधार शिविरमाथिको खुम्बु आइसफल हुँदै पहिलो शिविरसम्मको बाटो बनाउने जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई दिएको छ ।






Related Posts
  • मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय
  • कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध
  • त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल बिजयी
  • जीवन विमा स्वरुप अल मुल्ला एक्सचेञ्जको तर्फबाट कुवेतमा मृत्यु भएका विष्णुका परिवारलाइ ३ लाख ९३ हजार रुपैयाँ जीवन विमा स्वरुप अल मुल्ला एक्सचेञ्जको तर्फबाट कुवेतमा मृत्यु भएका विष्णुका परिवारलाइ ३ लाख ९३ हजार रुपैयाँ
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय

    संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

    कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध

    बिजनेष

    १ सय ६५ वटा सडक निर्माणको प्रधानमन्त्रीद्वारा स्वीच थिचेर एकैपटक शुभारम्भ

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस