सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति : प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

      तीन बुँदे सहमतिपछि सामूहिक तस्बिर खिचाउँदै सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहको वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीचमा र वार्ता टोलीका सदस्य डा. राजन भट्टराई र उदयबहादुर चलाउने ‘दीपक’ । तस्बिर : राजन भट्टराईको फेसबुकबाट

 

काठमाडौं : सरकार र नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहबीच तीन बुँदे सहमति भएको छ । सरकारी र विप्लव समूहको वार्ता टोलीबीच चरणचरणमा भएका छलफलपछि तीन बुँदे सहमति भएको हो । 

वार्तामा सरकारले विप्लवमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषय रहेका छन् । 

 

तीन बुँदे सहमतिमा विप्लव समूहले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादबाट गर्ने, राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको छ । 

वार्तासँगै शुक्रबार दिउँसो २ बजे विशेष कार्यक्रम गरेर सहमति सार्वजनिक गर्ने र उक्त कार्यक्रमलाई प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्नेसमेत सहमति भएको छ । यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।                                                                                      






Related Posts
  • संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय
  • केही दिनभित्रै काठमाडौंको राजनीतिमा कायपलट : प्रचण्ड
  • पदमुक्त बादलको आजै पुन:नियुक्ति, साँझ सपथ
  • नमस्ते नेपाल रेस्टुरेन्ट खेलखुद परिवारका सदस्य बाबु मगरलाई गरे बिदाई
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय

    संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

    कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध

    बिजनेष

    १ सय ६५ वटा सडक निर्माणको प्रधानमन्त्रीद्वारा स्वीच थिचेर एकैपटक शुभारम्भ

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस