सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो

सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सीमित भएको बताइएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार आजको वार्ता सम्पन्न भएको र वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराएका छन् ।

यसबारे विस्तृत विवरण आइसकेको छैन ।

वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको सहभागिता रहेको थियो भने विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ सहभागी थिए ।

सरकारले हिजोमात्र गृहमन्त्रीको संयोजकत्वमा वार्ता समिति बनाएपछि विप्लवले पनि प्रकाण्डको संयोजकत्वमा वार्ता समिति घोषणा गरेका थिए । सोपछि वार्ता टोली मंगलबार नै काठमाडौँ आइपुगेको थियो ।

स्रोतका अनुसार प्रकाण्ड र चलाउने बुधबार बिहानै बालुवाटार प्रवेश गरेका थिए भने गृहमन्त्री थापा ९ बजेतिर बालुवाटार पुगेपछि साढे ९ बजे तिरबाट वार्ता सरु भएको थियो ।

सरकारले २०७५ फागुन २८ मा विप्लव समूहलाई ध्वंसात्मक गतिविधि गरेको ठहर गर्दै प्रतिबन्ध लगाएका थियो । यो खबर रातो पार्टीले प्रकाशित गरेका छन ।






Related Posts
  • संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय
  • केही दिनभित्रै काठमाडौंको राजनीतिमा कायपलट : प्रचण्ड
  • पदमुक्त बादलको आजै पुन:नियुक्ति, साँझ सपथ
  • नमस्ते नेपाल रेस्टुरेन्ट खेलखुद परिवारका सदस्य बाबु मगरलाई गरे बिदाई
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय

    संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

    कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध

    बिजनेष

    १ सय ६५ वटा सडक निर्माणको प्रधानमन्त्रीद्वारा स्वीच थिचेर एकैपटक शुभारम्भ

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस