म्यानमारकी नेत्री आन सान सू ची अदालतमा उपस्थित

नपिद्व: म्यानमारकी नेत्री आन सान सू ची अदालतमा उपस्थित भएकी छन् । सेनाले सत्ता कब्जा गर्दै सू चीलाई हिरासतमा राखेपछि पहिलो पटक उनी अदालत उपस्थित भएकी हुन् ।

सू ची सैनिक सरकारले आफूमाथि लागाएका मुद्दाको सामना गर्न अदालत उपस्थित भएकी हुन् । गत फेब्रुअरी १ मा म्यानमारमा सू चीको निर्वाचित सरकारलाई अपदस्थ गर्दै यहाँको सेनाले कू गरेको थियो ।

सेनाको नजरबन्दमा परेकी सू चीमाथि थप नयाँ दुई मुद्दा लागेका छन् । जबकि देशव्यापी रुपमा विशाल जनप्रदर्शन हुँदैआएका छन् । सेनाले सत्ता कब्जा गरेदेखि नै देशका ठूला सहरमा हरेक दिन प्रदर्शन जारी छ । पछिल्लो समय सेना प्रदर्शनकारीमाथि आक्रामक समेत बनेको छ ।

गत आइतबार मात्रै सेनाको विरोधमा उठेको प्रदर्शन दबाउन सेनाले गोली चलाउँदा १८ जना मारिएका छन् । सू चीको रिहाइ र सत्ता हस्तान्तरणको माग गर्दै उठेको आन्दोलन भने जारी छ ।

गत नोभेम्बरमा म्यानमारमा सम्पन्न आमनिर्वाचनमा धाँधली गरेको भन्दै सेनाले सत्ता कब्जामा लिएको हो । यद्यपि निर्वाचनमा धाँधली भएको दावीबारे सेनाले अहिलेसम्म कुनै प्रमाण पेश गर्न सकेको छैन ।

७५ वर्षीय सू ची भने फेब्रुअरी १ मा सेनाबाट पक्राउ परेपछि पहिलो पटक अदालत उपस्थित भएकी हुन् । सोमबार अदालतमा उनीविरुद्धको मुद्दाको सुनुवाइ रहेको स्थानीय मिडियाले जनाएका छन् । सैनिक सरकारले भने सू चीको हिरासत अवधि लम्ब्याउन थप मुद्दा लगाएको बताइन्छ । यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित प्रकाशित गरेका छन । 

                                                   






Related Posts
  • कुवेतमा साल २०७७ भित्र ५९ जना नेपालीको निधन , ४९ जना जेलमा
  • अदालतको आदेशविपरीत पत्रकार पक्राउ गरिएकोमा महासंघको विरोध
  • वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा, यातायात पनि बन्द
  • हवाईमार्गबाट आउनेलाई १४ दिन क्वारेन्टिन अनिवार्य
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

    राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

    मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

    बिजनेष

    बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस