केपी ओलीले जेलमा चाणक्य नीतिबाहेक केही पढेनछन् -प्रचण्ड

फागुन १५ ,काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीमा सिद्धान्त, निष्ठा र इमानदरिताको क्षमता नभएको बताएका छन् । नेकपाको दाहाल-नेपाल समूहसँग सम्बद्ध शिक्षकहरूको राष्ट्रिय भेलामा दाहालले प्रधानमन्त्री ओलीले राजनीतिमा निष्ठा देखाउन नसकेको बताएका हुन् ।

नेकपाको दाहाल र माधवकुमार नेपाल समूहमा लागेका नेता र कार्यकर्ताहरूलाई एक-अर्काविरुद्ध लगाउने प्रयास गरिएकोले त्यस्तो शंकामा नरहन अध्यक्ष दाहालको आग्रह थियो । ‘पूर्व एमालेमा माओवादी नै भइयो कि क्या हो ! प्रचण्डकै कार्यकर्ता भइसकियो त सबै, एमाले त केपी हो भन्छन् । पूर्वमाओवादीतिर पनि माधव नेपालले सिध्याइदिन्छन् कि क्या हो भन्ने पारिदिएका छन्,’ दाहालले शनिबार भने, ‘केपी ओलीको सिद्धान्तमा, निष्ठामा, इमानदारितामा कुनै क्षमता छैन, एक पैसाको । बेइमानी, जालझेल, छलकपट, फुटाऊ र शासन गर भन्नेमा, जेलमा चाणक्य नीति बाहेक केही पनि पढेनछन् । महाभारत र चाणक्य नीति पढ्या छ र सकुनीको भूमिका खुब मनपर्दो रहेछ उनलाई ।’

दाहालले महाभारतको सकुनी पात्रलाई मन पराउने भएकाले प्रधानमन्त्री ओलीले त्यस्तै जालझेल गरिरहेको आरोप लगाएका छन् । ‘अनि उनी सकुनीको भूमिकामा छन् हेर्नुस्,’ उनले भने । पार्टीका संगठनहरू अब एकताबद्ध बनाएर लैजानुपर्ने दाहालको भनाइ थियो । केपी ओलीबाट उन्मुक्ति प्राप्त भएकाले अब संगठन निर्माणमा लाग्नुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय राजनीतिमा भने अझै आफूहरूको जीत भइनसकेको दाहालको भनाइ थियो । ‘हामीले पूरै युद्ध जितिसकेका छैनौं । अहिले पनि चुनौती छन्, जटिता छन् । हामी फैरि पनि आन्दोलनमै छौं । अनेकखालका षडयन्त्र र जालझेल भइरहेका छन्,’ उनले भने ।

नेकपा एमाले र माओवादी केन्द्रको एकताबाट बनेको अहिलेको नेकपा बनेको र अहिले फेरि एमाले कहाँ छ ? भन्ने प्रश्न उठाइरहेको भन्दै दाहालले विगतको एमाले र माओवादी अहिले नेकपामा रहेको बताए । ‘हिजोको एमाले कहाँ छ ? भन्ने हो भने यहिँ छ । मदन भण्डारीको निधनपछि माधवकुमार नेपालले जुन भूमिका खेल्नुभयो उहाँ र माले तथा एमाले नेतृत्व गरेका झलनाथ खनाल पनि यहिँ हुनुहुन्छ । उहाँहरूले जनआन्दोलनसम्म जुन भूमिका खेलेका छन् उहाहरू उहाँहरू यहाँ नै हुनुहुन्छ,’ उनले भने । प्रधानमन्त्री पद प्राप्त गर्नका लागि ओलीले जनताको बहुदलीय जनवाद छोडेको दाहालले दोहोर्‍याएका थिए ।

आधिकारिक नेकपा र वैधानिक पक्ष आफूहरू भएको भन्दै दाहालले कार्यकर्ताहरूलाई एकता बलियो पार्नका निम्ती भूमिका खेल्न निर्देशन दिएका थिए । कान्तिपूर बाट साभार






Related Posts
  • मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय
  • कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध
  • त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल बिजयी
  • जीवन विमा स्वरुप अल मुल्ला एक्सचेञ्जको तर्फबाट कुवेतमा मृत्यु भएका विष्णुका परिवारलाइ ३ लाख ९३ हजार रुपैयाँ जीवन विमा स्वरुप अल मुल्ला एक्सचेञ्जको तर्फबाट कुवेतमा मृत्यु भएका विष्णुका परिवारलाइ ३ लाख ९३ हजार रुपैयाँ
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय

    संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

    कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध

    बिजनेष

    १ सय ६५ वटा सडक निर्माणको प्रधानमन्त्रीद्वारा स्वीच थिचेर एकैपटक शुभारम्भ

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस