आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

कतारमा १० बर्षको अवधिमा १ हजार ६ सय ४१ नेपालीले ज्यान गुमाए

परदेशी खबर १५ फाल्गुन २०७७, शनिबार १६:३४ मा प्रकाशित ( ३ साल अघि) १२६ पाठक संख्या

परदेशी खबर/ २७ फेब्रुअरी। पछिल्लो दश बर्षको अवधिमा कतारमा १ हजार ६ सय ४१ नेपालीको ज्यान गुमाएको छ ।बेलायती सञ्चार माध्यम गार्जियनका अनुसार सन् २०११ द्येखि २०२० को बीचमा नेपाली सहित ६ हजार ५ सय भन्दा बढी आप्रवासी कामदारले कतारमा ज्यान गुमाएको रिपोर्टमा उल्लेख छ ।

कतारले विश्वकप फुटवल प्रतियोगिताको निर्माणको कामलाई तिव्र बनाएयता उनीहरुको मृत्यु भएको हो । आप्रवासी कामदारले कतारमा ज्यान गुमाएको रिपोर्टमा सवैभन्दा बढी भारतीय कामदारको संख्या रहेको छ । दश बर्षमा २ हजार ७ सय ११ भारतीय नागरिकले कतारमा ज्यान गुमाएका छन । विश्वकप फुटवल प्रतियोगिता आयोजनाको प्रतिस्पर्धा जिते देखि हरेक हप्ता कतारमा १२ जना आप्रवासी श्रमिकले ज्यान गुमाएको देखिएको गार्जियनले उल्लेख छ ।

ज्यान गुमाउने मध्ये ४८ प्रतिशत नेपालीको मृत्युको कारण प्राकृतिक मृत्यु भएको उल्लेख छ भनें हृदयाघात तथा श्वासप्रश्वास सम्वन्धि समस्या त्यसपछि देखिएको छ । मृत्यु भएका मध्ये १६ प्रतिशतको सडकमा दुर्घटनामा परेर, १० प्रतिशतको कार्यथलोमा भएको दुर्घटनामा परेर मृत्यु भएको देखिएको छ । मृत्यु भएका मध्ये ७ प्रतिशतको कारण पत्ता लागेको छैन ।वैदेशिक रोजगार बोर्डको तथ्याँक अनुसार सन् २००८ देखि २०१९ बीचमा विभिन्न मुलुकहरुमा ७ हजार ४ सय ६७ नेपालीले ज्यान गुमाएका छन् । सवैभन्दा धेरै नेपालीको मृत्यु मलेशियामा भएको देखिएको छ भनें दोश्रोमा कतारमा देखिएको हो ।

यस एक दशकको अवधिमा कतारमा विश्वकप फुटवल प्रतियोगिता लक्षित गर्दै ठूला ठूला भवनहरु सहित अन्य संरचनाहरु निर्माण भइरहेका छन् । साथै रंगशालाहरु, सडक, सार्वजनिक यातायातको निर्माण पनि तिव्र छ । कतारमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका लगायतका मुलुकका नागरिकहरु आप्रवासी श्रमिकका रुपमा कार्यरत छन् ।