आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

परदेशी खबर १४ फाल्गुन २०७७, शुक्रबार १४:४२ मा प्रकाशित ( ३ साल अघि) १८९ पाठक संख्या

१४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । ओलीले पाँच बजे मन्त्रिपरिषद बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

बैठकबाट प्रतिनिधिसभाको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते संसद विघटन गरेकी थिइन् । तर सर्वोच्च अदालतले यही फागुन ११ प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमलाई असंवैधानिक ठहर गरेको थियो । साथै सर्वोच्चले १३ दिनभित्र संसद बैठक आह्वान गर्न सरकारलाई आदेश दिएको थियो । सो आदेशअनुसार आगामी २३ गतेभित्र संसद बैठक आह्वान गर्नुपर्छ ।

बिहीबारमात्र राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीले परामर्श गरेका थिए । यो खबर अनलाइन खबरले प्रकाशित गरेका छन ।