कांग्रेसले नेकपा विधिवत नफुटेसम्म सरकारबारे ‘पोजिशन क्लिएर’ नगर्ने

फाल्गुन १३,काठमाडौं/ प्रतिनिधिसभा पुनःस्थापनापछिको राजनीतिक तरंगबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल सरकारमा नजाने निर्णय लिएको छ। बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सत्तारुढ नेकपा विभाजनको कानुनी टुंगो नलागेसम्म तटस्थ बस्ने निष्कर्ष निकालेको छ।बैठकमा सभापति देउवाले पछिल्लो राजनीतिक परिस्थितिपछि नेकपाका दुवै खेमाले काङ्ग्रेससँग राखिरहेको सहकार्य प्रस्तावबारेमा बिफ्रिङ गरेका थिए।

बैठकमा सहभागी एक नेताका अनुसार सभापति देउवाले पनि नेकपाको आन्तरिक विवाद टुंगो नलागेसम्म तत्काल कतै नजाने पक्षमा रहेको बताएका थिए। बैठकमा सहभागी अधिकांश नेताहरुले पनि अहिले हतारिएर सरकारमा जाने कुरा उचित नहुने धारणा राखेका छन्। नेकपा व्यवहारिक रुपमा दुई समूहमा बाँडिएकाले अगामी साता समीकरणमा कांग्रेस निर्णायक देखिएको छ। यो अवस्थामा कांग्रेसले लिने निर्णयमा धेरैको चासो थियो।

बुधबार मात्रै चितवनबाट आएर दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सभापति देउवालाई सत्ता साझेदारी प्रस्ताव गरेका थिए। तर देउवाले पार्टीमा छलफल गर्ने भन्दै दुवै नेतालाई फर्काइदिएका थिए।

यस्तोमा कांग्रेसले तटस्थ बस्ने निर्णय लिएर तत्काल सत्तामा नजाने संकेत गरेको हो। सभापति देउवा निवासको पदाधिकारी बैठकले कांग्रेस तत्काल कतै नजाने निचोडमा पुगेको सह-महामन्त्री डा. प्रकाशशरण महतले बताए ।






Related Posts
  • मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय
  • कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध
  • त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल बिजयी
  • जीवन विमा स्वरुप अल मुल्ला एक्सचेञ्जको तर्फबाट कुवेतमा मृत्यु भएका विष्णुका परिवारलाइ ३ लाख ९३ हजार रुपैयाँ जीवन विमा स्वरुप अल मुल्ला एक्सचेञ्जको तर्फबाट कुवेतमा मृत्यु भएका विष्णुका परिवारलाइ ३ लाख ९३ हजार रुपैयाँ
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय

    संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

    कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध

    बिजनेष

    १ सय ६५ वटा सडक निर्माणको प्रधानमन्त्रीद्वारा स्वीच थिचेर एकैपटक शुभारम्भ

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस