फेसबुक र इन्स्टाग्राम प्रयोगमा म्यानमारका सेनालाई प्रतिबन्ध


फागुन १३ । सामाजिक सञ्जाल फेसबुकले म्यानमारका सेनालाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्राम प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

सैन्य ‘कू’ विरुद्ध म्यानमार लगायतमा विभिन्न मुलुकहरुमा आन्दोलन भईरहेका बेला फेसबुकले बिहीबार म्यानमारको सेनालाई फेसबुक र इन्स्टाग्राम चलाउन प्रतिबन्ध लगाएको हो ।

फेब्रुअरी १ मा भएको सैन्य कू र त्यसपछि विरोध आन्दोलनमा भएको हिंसात्मक घटनाले प्रतिबन्ध लगाउनु पर्ने अवस्था आएको बताउँदै फेसबुकले म्यानमारका सेनालाई फेसबुक र इन्स्टाग्राम चलाउन दिनु खतरापुर्ण रहेको जनाएको छ ।

यसअघि फेसबुकले म्यानमारको सरकारी टेलिभिजनको पेज बन्द गरिदिएको थियो । सैन्य ‘कू’ विरुद्ध भएका प्रदर्शनमा हालसम्म ३ जनाको मृत्यु भईसकेको छ । एजेन्सी






Related Posts
  • मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय
  • कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध
  • त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल बिजयी
  • जीवन विमा स्वरुप अल मुल्ला एक्सचेञ्जको तर्फबाट कुवेतमा मृत्यु भएका विष्णुका परिवारलाइ ३ लाख ९३ हजार रुपैयाँ जीवन विमा स्वरुप अल मुल्ला एक्सचेञ्जको तर्फबाट कुवेतमा मृत्यु भएका विष्णुका परिवारलाइ ३ लाख ९३ हजार रुपैयाँ
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय

    संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

    कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध

    बिजनेष

    १ सय ६५ वटा सडक निर्माणको प्रधानमन्त्रीद्वारा स्वीच थिचेर एकैपटक शुभारम्भ

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस