सेनाप्रति अनैतिक टिप्पणी गरेको भन्दै चीनमा पत्रकारसहित ६ जना गिरफ्तार

फागुन ११,काठमाडाैं– अमेरिकाले भारत र चीनका सैनिकबीच भइरहेकाे तनाव कम गर्न मध्यस्तकर्ताकाे भूमिका खेल्न तयार रहेकाे बताइरहँदा दुई पत्रकारसहित केही व्यक्ति पक्राउ परेका छन्।

मृतक सेनाप्रति अनैतिक टिप्पणी गरेको भन्दै चीनमा पत्रकारसहित ६ जनालाई गिरफ्तार गरेर साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

उनीहरुले गलवान उपत्यकामा भारतीय सेनासँगको झडपमा मारिएका चार सेना र घाइते भएका एक सेनाको बेइज्जत गरेको चीनको भनाइ छ।

पक्राउ परेकामध्ये पत्रकार क्यु जिमिङ पनि छन्। ३८ वर्षका उनले यसअघि द इकोनोमिक अब्जर्भरमा खोजमूलक पत्रकारिता गरेका थिए।

उनको अभिव्यक्तिले तथ्यलाई तोडमोड गरेर समाजमा नकरात्मकता र अफवाह फैल्याएको बताइएको छ।

पक्राउ परेकाहरुले गत वर्षको मे ५ मा भएको भिडन्तमा मारिएका चिनियाँ सेनाको संख्यामा आशंका व्यक्त गरेका स्थानिय अधिकारीहरुले जनाएका छन्।

‘चारभन्दा बढी नै चिनियाँ सेना मारिएको हुनसक्ने हाल पक्राउ परेकाहरुले धारणा राखेका थिए,’ समाचारमा भनिएकाे छ।






Related Posts
  • सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल जाँदै
  • कतारले श्रम कानुनको जानकारी ह्वाट्एपबाटै नै उपलव्ध गराउँदै
  • भाले जुधाइमा मारिए मालिक
  • कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
  • पछिल्ला सम्प्रेसणहरु

    वार्तापछि नवलपुरबाट पहिलो पटक सार्वजनिक भए विप्लव

    कुवेतमा आइतबार देखि लागु हुने गरि साँझ पाँच बजे देखि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी

    सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल जाँदै

    बिजनेष

    ‘नेपाली खाना विश्वभर पस्किँदैछु’ चर्चित मास्टर सेफ साह

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस